पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
डोटी - डाेटीको शिखर नगरपालिका–३ आलीअतुराली गाउँमा भारतबाट आएका व्यक्तिबाट घरपरिवारका व्यक्तिमा पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
त्यस गाउँका कोरोना सङ्क्रमित भएका तीन जना युवकका २५, ३१ र ३३ वर्षीया श्रीमतीमा सङ्क्रमण देखिएको पुष्टि भएको हो । यसरी कोरोना सङ्क्रमित व्यक्तिबाट घरपरिवारका व्यक्तिमा भाइरस सरेपछि डोटीमा सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
डोटीमा यसअघि भारतबाट फर्किएका व्यक्तिमा मात्र सङ्क्रमण देखिएको थियो । जिल्लामा पहिलो पटक भारतबाट फर्किएका यस गाउँका युवकमा जेष्ठ १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
क्वरेण्टीनबाट घर गएको दुई दिनपछि पीसीआर रिपोर्ट पोजेटिभ आएका गाउँकै १५ जनाको पहिलो सम्पर्कमा आएका सङ्क्रमितका १५ जना आफन्तको स्वाब सङ्कलन गरी पठाइएको थियो ।
जसमध्ये यसअघि पाँच जना सङ्क्रमितको सम्पर्कमा आएका आफन्त पाँच जनाको रिपोर्ट नेगेटिभ आएको छ भने तीन जना सङ्क्रमितको पहिलो सम्पर्कमा आएका व्यक्तिका तीन जना श्रीमतीको पीसीआर नतिजा पोजिटिभ आएको छ । पाँच जना सङ्क्रमितको पहिलो सम्पर्कमा आएका पाँच जनाको रिपोर्ट आउँन बाँकी रहेको शिखर नगरपालिकाका स्वास्थ्य इका संयोजक हरिष शाहले जानकारी दिनुभयो ।
भारतबाट आएका व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण भएको पहिलो घटना भएकोले सङ्क्रमितको ‘कन्टयाक्ट ट्रेसिङ’का आधारमा पहिलो सम्पर्कमा आएका व्यक्तिको पीसीआर परीक्षण गरिने उहाँको भनाइ छ । डोटीमा शुक्रबारसम्म सङ्क्रमितको सङ्ख्या २५५ पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।