वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : आज नेपाल र हङकङ खेल्दै
चैत १, २०८१ शुक्रबार
काठमाण्डाै – नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या १३ हजार पाँच सय ६४ पुगेको छ । जसमा एक हजार ६ सय ५७ महिला र ११ हजार नाै सय सात रहेका छन् ।
मङ्गलबार तीन सय १६ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको कुल सङ्ख्या १३ हजार पाँच सय ६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ७१ महिला र दुई सय ४५ पुरुष गरी तीन सय १६ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार मङ्गलबार सबैभन्दा बढी सुदूरपश्चिममा एक सय २१ जनामा सङ्क्रमण देखिएको छ । त्यहाँ दुई हजार चार सय ५७ सङ्क्रमित रहेका छन् ।
यस्तै प्रदेश नम्बर ५ मा आज ४७ जना गरी तीन हजार आठ सय सात जना सङ्क्रमित रहेका छन् । प्रदेश नम्बर २ मा आज ८२ गरी कुल तीन हजार सात सय ९४, गण्डकी प्रदेशमा आज २५ सहित आजसम्म एक हजार १७, कर्णाली प्रदेशमा आज १३ गरी एक हजार चार सय ३६ जना सङ्क्रमित रहेका छन् । यस्तै प्रदेश नम्बर १ मा आज १२ गरी कुल पाँच सय ९५ र वाग्मती प्रदेशमा आज १६ गरी कुल चार सय २८ सङ्क्रमित रहेका छन् ।
पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा चार हजार सात सय ११ जनाको कोरोना परीक्षण गरिएको छ । अहिलेसम्म पीसीआर विधिबाट दुई लाख २८ हजार तीन सय ४१ जनाको परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट आजसम्म दुई लाख ९७ हजार आठ सय ७१ जनाको परीक्षण भएको छ ।
अहिले देशभरिका क्वरेण्टीनमा ५३ हजार ७० जना रहेका छन् । देशका विभिन्न अस्पतालमा १० हजार तीन सय ४१ जना आइसोलेशनमा उपचाररत रहेका छन् । मङ्गलबार नाै महिला र ५१ पुरुष गरी ६० जना डिस्चार्ज भएका छन् । योसँगै आजसम्म कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज हुनेको सङ्ख्या दुई सय ७७ महिला र दुई हजार नाै सय १७ पुरुष गरी तीन हजार एक सय ९४ जना रहेको छ ।
त्यस्तै काेराेना सङ्क्रमणकाे कारण नेपालमा ज्यान गुमाउनेकाे सङ्ख्या २९ रहेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।