पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – दिनहुँ मान्छेको घुईंचो हुने सदर चिडियाखाना साढे तीन महिनादेखि सुनसान छ । लकडाउन सुरु हुनुभन्दा ५ दिनअघि चैत ६ गतेदेखि चिडियाखाना बन्द भएको हो ।
बन्द चिडियाखाना कहिले खुल्छ अझै ठेगान छैन । चिडियाखाना लामो समय बन्द हुँदा व्यवस्थापनमा त समस्या हुने भएको छ नै । चिडियाखानाका केही जनावर पनि नियास्रो मान्न थालेका छन् ।
‘खासगरी वनमान्छे, चराचुरुंगी र बाँदर प्रजातिका जनावर पहिलेजस्तो रमाएको देखिंदैन’ चिडियाखानाका प्रमुख डा. चीरञ्जीवि प्रसाद पोख्रेलले उज्यालो अनलाइनसँग भन्नुभयो । सधैं मान्छेसँग घुलमिल हुँदै आएका यी जनावर धेरै दिनदेखि मान्छे नदेख्दा अनौठो मान्ने गरेको उहाँले बताउनुभयो । ‘चिडियाखानाका धेरै जनावरलाई मान्छेको नियास्रो लागेको छ’ उहाँले भन्नुभयो ।
लकडाउन हुनुभन्दा पहिले हरेक दिन २/३ हजारको हाराहारीमा र शनिबारको दिन ६ हजारको हाराहारीमा दर्शकहरु चिडियाखाना अवलोकन गर्न पुग्थे । यसबाट चिडियाखानाले दिनहुँ सरदर तीन लाख रुपैयाँ आम्दानी गर्दै आएको थियो । जनावरको खाना, औषधि उपचार, रेखदेखदेखि कर्मचारी व्यवस्थापनसम्मको लागि यही आम्दानीले धान्दै आएको थियो । तर कोरोनाको त्रासको कारण बन्द गर्नुपरेको चिडियाखानामा आम्दानी नभएपछि अहिले व्यवस्थापनमा समस्या भएको पोख्रेलले बताउनुभयो ।
कोरोना भाइरसको महामारी अझै कति समय लम्बिन्छ भन्न सक्ने अवस्था नभएकाले चिडियाखाना पनि कहिलेदेखि खुल्छ भन्ने अनिश्चित जस्तै भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले व्यवस्थापनको जिम्मा लिएको चिडियाखाना सञ्चालन गर्न अहिले धौधौ भएको छ । चिडियाखानामा १ सय ११ प्रजातिका १ हजार ९२ वटा जनावर छन् ।
सरकारले लकडाउन खुकुलो बनाए पनि चिडियाखाना खुलाउने निर्णय गरिसकेको छैन । वन तथा बातावरण मन्त्रालयका प्रवक्ता सिन्धुप्रसाद ढुंगाना तत्काल चिडियाखाना खुल्ने सम्भावना नभएको बताउनुहुन्छ । मन्त्रालयले भौतिक दूरी कायम गरेर फेरि खुला गर्ने तयारी गरे पनि महामारीको बेला जीवजन्तुको नजिक जान हुँदैन कि भनेर निर्णय नगरेको बताउनुभयो ।
अहिले चिडियाखानामा जुन तरिकारले जनावरको स्याहारसुसार भइरहेको छ त्यही अनुसार गर्ने र २, ४ महिनापछि पनि यस्तै अवस्था रह्यो भने के गर्ने भन्ने सम्बन्धमा सम्बन्धित निकायहरुबीच छलफल भइरहेको उहाँले बताउनुभयो । खर्च व्यवस्थापनको लागि अर्थ मन्त्रालयसँग पनि छलफल गर्ने तयारी भएको उहाँको भनाई छ । तर ठोस रुपमा अहिले नै यही गर्ने भन्ने अवस्थामा भने नपुगेको उहाँले बताउनुभयो ।
२०५२ साल पुस १४ गतेदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषले व्यवस्थापनको जिम्मा लिएको चिडियाखानामा पछिल्लो समय नयाँ प्रजातिका जीवजन्तु थपिएका छन् । ठूला जनावरहरु अर्ना, बाघ, भालु र गैंडाका साथै
रेडपान्डा, अष्ट्रिज जस्ता नयाँ प्रजाति पनि छन् । तर यी सबै जनावरलाई आवश्यक पर्ने पर्याप्त ठाउँ चिडियाखानामा छैन ।
जनावरलाई खेल्न, लुक्न तथा घुमफिरका लागि पर्याप्त खुला ठाउँ छैन । सदर चिडियाखाना साँघुरो भएको भन्दै सम्भावित ठाउँमा सार्ने भन्ने पनि बेलाबेला छलफल हुने गरेको छ । चिडियाखानाले संरक्षित जनावरको व्यवस्थापनसँगै उद्धार र औषधि उपचारको काम पनि गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।