१९ वर्षमुनिकाे एशिया कप : श्रीलङ्काले नेपाललाई दियाे २ सय ३४...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – जूनोटिक डिजिज अर्थात् जनावरबाट मानिसमा सर्ने रोगहरु बढ्दो क्रममा रहेको भन्दै विज्ञहरुले चेतावनी दिएका छन् ।
वन्यजन्तुको संरक्षण तथा वातावरण जोगाइएन भने जनावरबाट मानिसमा सर्ने रोगहरु अझै बढ्ने भन्दै संयुक्त राष्ट्रसंघका विज्ञहरुले चिन्ता व्यक्त गर्दै चेतावनी दिएका छन् । अहिले विश्वव्यापी महामारीको रुप लिएर मानव समुदायमाथि नै गम्भीर स्वास्थ्य संकट सिर्जना गरेको कोभिड–१९ पनि जनावरबाट मानिसमा सरेको उनीहरुको भनाई छ । कोभिड १९ जस्तो रोगको उदय हुनुमा मानिसमाझ रहेको जनावरको मासुप्रतिको बढ्दो माग, अनुचित कृषि अभ्यास तथा जलवायु परिवर्तन कारक रहेको उनीहरूले बताएका छन् ।
पशुजन्य प्रोटिनको माग अधिक हुनु, दिगो कृषि नअपनाइनु तथा जलवायु परिवर्तनका कारण यस्ता रोगहरु बढेको विज्ञहरुले बताएका छन् । जूनोटिक डिजिजका कारण एक वर्षमा विश्वमा २० लाख मानिसको ज्यान जाने गरेको छ । कोभिड–१९ जस्तै इबोला, वेष्ट नाइल भाइरस र सार्स पनि जूनोटिक डिजिज हुन् ।
यी सबै पहिले जनावरमा देखिएर त्यसपछि मानिसमा सरेका हुन् । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम र इनटरनेश्नल लाइभस्टक रिसर्च इन्स्टिच्युडले गरेको अनुसन्धान प्रतिवेदनमा जनावरमा देखिएका रोगहरु आफैं मानिसमा भने नसर्ने उल्लेख छ ।
राष्ट्रसङ्घको वातावरण कार्यक्रम तथा अन्तर्राष्ट्रिय पशुसेवा अनुसन्धान निकायले तयार पारेको प्रतिवेदनले त्यस्तो रोग सार्न प्रकृतिलाई क्षय हुने मानवीय गतिविधिलाई कारक ठानेको छ । उदाहरणका लागि भूक्षय, वन्यजन्तुको दुरुपयोग, स्रोतको जथाभावी दोहन तथा जलवायु परिवर्तनका कारण मानव जाति र जनावरबीचको अन्तरसम्बन्ध परिवर्तित भएको प्रतिवेदनले जनाएको छ ।
राष्ट्रसङ्घकी उपमहासचिव तथा वातावरण कार्यक्रमकी कार्यकारी निर्देशक इंगर एन्डरसनले का अनुसार “बितेको एक शताब्दीमा कम्तीमा छ वटा नयाँ प्रजातिका कोरोना भाइरसको महामारी देखेको र त्यो जुनोटिक डिजिज भएको उहाँ बताउनुहुन्छ ।
न्यून तथा मध्यम आय भएका देशहरुमा यस्ता जुनोटिक रोगहरूका कारण हरेक वर्ष बीस लाख मानिसको ज्यान गइरहेको उहाँले बताउनुभयो । प्रतिवेदनले सरकारहरूलाई भविष्यमा महामारी रोक्न आवश्यक रणनीतिबारे बताएको छ । तिनमा दिगो भूमि व्यवस्थापन, जैविक विविधताको सुधार तथा वैज्ञानिक अनुसन्धानमा लगानी रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।