एनपीएल खेल्न स्कटल्यान्डका मक्मलेन नेपाल आइपुगे
मंसिर १४, २०८१ शुक्रबार
ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
६५ वर्षीय राष्ट्रपति बोलसोनारोले टेलिभिजनमार्फत सम्बोधन गर्दै आफूमा कोरोना भाइरसको सङ्क्रमण भएको जानकारी दिनुभएको हो । उच्च ज्वरोका कारण गएको सोमबार उहाँले कोरोना भाइरसको परीक्षण गराउनुभएको थियो ।
हिजो आएको रिपोर्टमा कोरोना भाइरसको सङ्क्रमण देखिएको भन्दै उहाँले यसमा डराउनुपर्ने कुनै कारण नरहेको बताउनुभएको छ । मास्क र भौतिक दूरीको पक्षमा नभएको भन्दै राष्ट्रपति बोलसोनारोको आलोचनासमेत हुने गरेको थियो ।
उहाँले पटक–पटक भाइरसलाई हल्का रुपमा लिँदै कोरोना भाइरस भनेको केवल साधारण रुघाखोकी भएको र आफूलाई यसले थला पार्न नसक्ने बताउँदै आउनुभएको थियो । उहाँले अर्थतन्त्र प्रभावित भएको भन्दै क्षेत्रीय गभर्नरहरुलाई लकडाउन हटाउन पनि आब्हान गर्नुभएको थियो ।
हिजो पनि उहाँले टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा आफूलाई ज्वरो हराएको र निकै आराम महसुस भइरहेको बताउनुभएको थियो । उहाँले संचार माध्यमलाई कोरोना भाइरसको सन्त्रास फैलाउने गरेको आरोपसमेत लगाउने गर्नुभएको छ ।
ब्राजिल, कोरोना भाइरसको सङ्क्रमणका हिसाबले अमेरिकापछि संसारको सबैभन्दा बढी प्रभावित देश हो । ब्राजिलमा कोरोना भाइरस सङ्क्रमणका कारण ६५ हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।