गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
रुकुम पूर्व – भूमे गाउँपालिकाले ८० किलो सलह किरा किनेर जलाएको छ । किसानबाट प्रतिकिलो ४० रुपैयाँको दरले किनेर सलह किरा जलाएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले प्रदेश ५ सरकारको निर्णयअनुसार प्रतिकिलो २० रुपैयाँ र गाउँपालिकाले आफैले निर्णय गरेर प्रतिकिलो २० रुपैयाँ थपेर सलह सङ्कलन गरेका किसानलाई प्रतिकिलो ४० रुपैयाँ दिइएको बताउनुभयो ।
यसो गर्दा सलह किराले गर्ने नोक्सानी कम भएकाे र किसानहरुलाई पनि प्रोत्साहन भएकाे उहाँले जानकारी दिनुभयो ।
जिल्लाका विभिन्न ठाउँमा क्षति, भोकमरीको चिन्ता
सलह किराले रुकुम पूर्वका विभिन्न स्थानमा लगाइएको बालीमा ठूलो क्षति पुर्याएकाे छ । सुरुमा असार १६ गते भूमे गाउँपालिकामा देखा परेको सलहले गाउँपालिकाको वडा नं. १ को लुकुम, वडा नं. २ को दहबाङ, गाबाङ, खाबाङ, वडा नं. ३ को झुम्लाबाङ, सीमा क्याङ्सी, वडा नं. ६ को तमारीमा लगाइएको मकै र तरकारी बालीमा क्षति पुर्याएकाे छ ।
त्यसैगरी वडा नं. ७ को गुनाम, ८ को कुचिबाङ र वडा नं. ९ को चुनबाङमा सलहले क्षति पुर्याएकाे गाउँपालिकाले जनाएको छ । पुथाउत्तरगङ्गा गाउँपालिका वडा नं. ९ को खाराबाङमा पनि सलहले मकैबाली सखाप पारेको स्थानीय रवीन्द्र ओलीले बताउनुभयो । सलह किराले मकै बालीमा पनि क्षति पुर्याएपछि किसान चिन्तित बनेका छन् ।
सिस्ने गाउँपालिकाको विभिन्न ठाउँमा पनि सलहले क्षति पुर्याएकाे छ । गाउँपालिकाको वडा नं. नम्बर १, २, ३, ४, ५ र ६ मा सलहले मकै बालीमा क्षति गरेको किसानहरुले बताएका छन् ।
हुल बाँधेर आएको सलहले मकै बाली नष्ट गरेको सिस्ने गाउँपालिका वडा नं. ५ रुमालबाराका पूर्णबहादुर घर्तीले जानकारी दिनुभयो । लगाएको बाली किराले सखाप पारेपछि किसानहरु भोकमरीको चिन्तामा रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।