१९ वर्षमुनिकाे एशिया कप : श्रीलङ्काले नेपाललाई दियाे २ सय ३४...
मंसिर १४, २०८१ शुक्रबार
भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन् । उत्तर प्रदेश प्रहरीले दुवेको ज्यान गएको पुष्टि गरेको बिबिसी हिन्दीले जनाएको छ ।
उत्तर प्रदेशको स्पेशल टास्क फोर्सले उज्जैनबाट सडकमार्ग हुँदै कानपुर लगिरहेका बेला गाडी दुर्घटना भएको प्रहरीको दाबी छ । बिहान कानपुर लैजादै गर्दा गाडी पल्टिएको र दुवेले प्रहरीको हतियार खोसेर आक्रमणको प्रयास गरेपछि कारबाहीमा मारिएको भारतीय प्रहरीले जनाएको छ ।
दुवेको छाती र कम्मरमा गोली लागेको छ । उनी बिहीबार उज्जैनको महांकाल मन्दिरबाट पक्राउ परेका थिए । प्रहरीका अनुसार गाडी दुर्घटनामा केही प्रहरी पनि घाइते भएका छन् ।
भारतको कानपुरमा अघिल्लो हप्ता दुवेलाई पक्राउ गर्न गएको बेला हतियारधारी समूहसँगको मुठभेडमा एक डिएसपी सहित ८ जनाको ज्यान गएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।