एनपीएल खेल्न स्कटल्यान्डका मक्मलेन नेपाल आइपुगे
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – दुबइको प्रमुख एअरलाइन कम्पनी इमिरेट्सले कोरोना भाइरस महामारीको प्रकोपका कारण यो हप्ता आफ्ना कम्पनीका केही पाइलट लगायत अन्य कर्मचारी कटौती गर्ने भएको छ ।
विश्वको सबैभन्दा ठूलो वाइडबडी एयरक्राफ्टले पूर्व सूचना अनुसार नै कर्मचारी कटौतीको प्रक्रिया अगाडि बढाइरहेको एअरलाइन कम्पनी इमिरेट्सका प्रवक्तालाई उद्धृत गर्दै स्थानीय पत्रिका खलिज टाइमले लेखेको छ ।
कम्पनीले विशेष महत्वका साथ कार्यबल साथै जनशक्ति व्यवस्थापनको लागि दुई महिना पहिलेदेखि नै अभ्यास सुरु गरिरहेको छ ।
प्रवक्ताले यो हप्ता कुन विभागबाट कति जनाको रोजगारी कटौती हुने भनेर भनेका छैनन् । तर एयरलाइन्सका जम्मा ४३ सय पाइलट र २२ हजार क्याबीन क्रु कोरोना भाइरस पूर्वको स्तरबाट एकतीहाइको दरले खुम्चिने अनुमान गरिएको छ ।
‘सुरक्षित र व्यवहारिक रुपमा उपयुक्त भएको ठाउँमा हामीले विस्तारै विस्तारै उडान सञ्चालन गर्न थालिसकेका छौं, अहिले हाम्रो अवस्था पहिलेको भन्दा नाजुक बन्दै गएको छ र पहिलेको अवस्थामा फर्किन केही समय लाग्नेछ’, एयरलाइन कम्पनी इमिरेट्सका प्रवक्ताले भन्नुभयो, ‘हाम्रो कम्पनीको सफलतामा हाम्रा कर्मचारीको ठूलो योगदान छ, त्यसैले हामीले यस विषयलाई गम्भीरताका साथ लिएका छौं र रोजगारीको संरक्षण गर्नको लागि हाम्रो प्रयास रहनेछ ।’
यो हप्ताको कर्मचारी कटौतीबाट एयरबस ए३८० का पाइलटहरु प्रभावित हुने जनाइएको छ । ११५ एयरबस ए३८० यो वर्ष सेवा प्रदान नगर्ने भन्दै इमिरेट्सका प्रमुख कार्यकारी अधिकृत अदेल अहमद अल रेधाले आफ्नो रणनीतिको समिक्षा गर्न आवश्यक रहेको जनाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।