बिहीबारदेखि खुल्दै पर्यटकीय व्यवसाय, होटल पनि खुल्ने

 साउन १४, २०७७ बुधबार १९:२९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठाण्डाै – गएकाे चैत ११ गतेदेखि बन्द रहेका पर्यटकीय व्यवसाय बिहीबारदेखि खुल्दैछन् । साउन ६ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार साउन १५ गते अर्थात् बिहीबारदेखि ट्राभल, ट्रेकिङ, पर्वतारोहणलगायतका व्यवसाय खुला हुनेछन् ।

अहिले यी व्यवसायीले पर्यटकीय सिजनको लागि अग्रिम बुकिङ र अन्य तयारी गर्ने र कोरोनाको सङ्क्रमण कम हुँदै गएपछि पर्यटकका लागि खुला गर्ने सरकारले जनाएको छ । 

यस्तै बिहीबारदेखि नै होटल तथा रेस्टुरेन्ट पनि खुल्दैछन् । तर होटल तथा रेस्टुरेन्टमा सामूहिक भोज र समारोह गर्न पाइने छैन । यस्तै होटल सञ्चालनको लागि सरकारले बनाएको निर्देशिकाको पूर्ण पालना हुनुपर्नेछ ।  

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया