ग्यालेक्सी एस नाइन वैशाख १० देखि नेपालभर

 बैशाख १९, २०७५ बुधबार ११:१५:२० | गोपाल गुरागाईं
unn.prixa.net

काठमाडौं, वैशाख ६ – सामसङ इलेक्ट्रोनिक्सले नेपाली बजारमा Samsung Galaxy S9+ 128 GB   प्रस्तुत गर्ने भएको छ । 

अप्रिल १७ देखि सुरु भएको Samsung Galaxy S9+ 128 GB  को प्रि बुकिङ २२ अप्रिलसम्म खुला रहने छ । उपभोक्ताहरुले www.S9prebooking.com मा गई प्रि बुकिङ गर्न सक्नेछन् । 

प्रि बुकिङ गर्न चाहने उपभोक्ताले बुकिङ गरे बापत  सात हजार २ सय रुपैयाँ बराबरको बोटल स्पिकरसहित अन्य ग्यालेक्सी उपहार, टर्किस एयरलाइन्सको खरिदमा १५% सम्मको छुट, रुट्स फेशनमा खरिद बापत १०% छुट र साथै केजीएच होटेलमा पाँच हजारमा कोठा बुक गर्ने सुविधा प्राप्त गर्न सक्नेछन् । 

यो स्मार्टफोनको खरिदसँगै प्रयोगकर्ताहरुले एनसेलको तर्फबाट १२ हजार एमबी डाटा र १२ हप्ताका लागि  हरेक हप्ता एक हजार एमबी डाटाका साथै र एक वर्षे बीमा पनि प्राप्त गर्नेछन् ।   

उपभोक्ताहरुलाई Galaxy S9+ 128 GB  को मूल्य एक लाख ९ हजार ९ सय ९९ रहेको छ  । यसमा पाँच हजार रुपैयाँ क्यासब्याक उपलब्ध गराइनेछ । 

Galaxy S9+ 128 GB  वैशाख १० गतेदेखि नेपालभरका सामसङ ब्राण्ड स्टोर तथा केही रिटेल स्टोरमा मिडनाइट ब्ल्याक रङमा उपलब्ध हुनेछ ।  

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोपाल गुरागाईं

गोपाल गुरागाईं  चार दशकदेखि छापा र रेडियो पत्रकारितामा हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया