पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
सुर्खेत – कर्णाली प्रदेशमा शुक्रबार एक जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य महाशाखाका अनुसार दैलेखका एक जना पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो ।
योसँगै कर्णाली प्रदेशमा एक हजार नौ सय ३८ जनामा कारोना सङ्क्रमण देखिएकाे छ । यसमध्ये एक हजार सात सय २१ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् । शुक्रबार मात्रै १८ जना कोरोना सङ्क्रमित उपचारपछि घर फर्किएका छन् ।
महाशाखाका अनुसार कर्णाली प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सय १७ छ । महाशाखाले दिएको जानकारी अनुसार सुर्खेतमा ४० जना, दैलेखमा एक सय २९ जना, जाजरकोटमा १२ जना, सल्यानमा नौ जना, मुगुमा एक जना र कालीकोटमा १२ जना संक्रिय कोरोना सङ्क्रमित छन् ।
सङ्क्रमित मध्ये दुई सय तीन जनाकाे आइसोलेसनमा र १४ जनाकाे होम आइसोलेसनमा उपचार भइरहेकाे महाशाखाका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो । कर्णालीमा अहिलेसम्म कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ ।
यसैबीच पछिल्लो समय कर्णालीमा आइसोलेसन र क्वरेण्टीन रित्तिँदै गएकाे छ । अहिले बाहिरबाट आउने व्यक्तिहरुको सङ्ख्यामा पनि कमी आएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारीले बताउनुभयो । सरकारले विद्यालयमा रहेका क्वरेण्टीन हटाउन भनेकाले कर्णालीमा विद्यालय खाली गर्न थालिएको र समुदायस्तरमा पनि कोरोना परीक्षण गर्न थालिएको उहाँले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।