नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – म्याराथन, बन्जी जम्प, प्याराग्लाइडिङ जस्ता साहसिक खेल अहिले कोरोना भाइरसकाे कारण रोकिँदा व्यवसायी समस्यामा परेका छन् ।
साहसिक खेलका लागि नेपाल भौगोलिक बनोट र जलस्रोतले धनी छ । विशेषगरी अल्ट्रा म्याराथन, प्याराग्लाइडिङ, र्याफ्टिङ, बन्जी जम्प, क्यानोइङ, डाउनहिल साइक्लिङ, गल्फ, रक क्लाइम्बिङ जस्ता साहसिक खेलले नेपालको पर्यटन तथा खेल क्षेत्रलाई विश्वभर चिनाएको छ ।
जलस्रोत र भौगोलिक विविधतामा धनी नेपालमा साहसिक खेलको प्रचुर सम्भावना छ । ती मध्येको हावामा चरा जस्तै भएर उड्दै अनुभव लिन सक्ने प्याराग्लाइडिङ पछिल्लो समय पोखरामा निकै चर्चित छ । तर यो व्यवसाय कोरोनाका कारण ठप्प छ ।
कोरोनाले पेसा नै सङ्कटमा परेको पोखरामा १४ वर्षदेखि प्याराग्लाइडिङ व्यवसाय गर्दै आएका प्याराग्लाडिङ व्यवसायी चीनबहादुर बानियाँले बताउनुभयो । बाँनियाले प्याराग्लाइडिङ व्यवसाय सञ्चालनका लागि बैंक ऋणमा सवारी साधन लिनुभएको थियो । यस्तै केही होटलसँग समेत सहकार्य गर्नुभएको थियो । तर अहिले सवारी साधनको किस्ता बुझाउन समस्या त भएको छ नै होटलसँगको सहकार्य पनि पातलिएको छ ।
नेपालमा हुने विश्वको चर्चित एभरेस्ट म्याराथन, अन्नपूर्ण म्याराथन, जुम्ला–रारा म्याराथन, काठमाण्डाै म्याराथन आदि प्रतियोगिताले विश्वमा चर्चा बटुलेका छन् । तर अहिले यस्ता दौडसंँ बन्जी जम्प, साइकिलिङ जस्ता अन्य साहसिक खेल कोरोनाका कारण आयोजना हुन सकेका छैनन् ।
विदेशबाट अल्ट्रा दौडका लागि धावकहरू सहभागिता जनाउन नेपाल आउने गरेका हुन्थे, जसका कारण नेपालको सन्देश विश्वभर फैलिन्थ्यो । तर अहिले समय ठिक उल्टो भएको छ । अहिले कुनै प्रतियोगिता हुन सकेका छैनन् ।
नेपालको पहिचान दिलाउने यस्ता खाले कार्यक्रमलाई सरकारी पक्षबाट नै पहल गर्नुपर्ने सरोकारवालाले बताउँदै आएका छन् । विश्वका धेरै देशले साहसिक खेललाई आयको स्रोत बनाउँदा रोजगारी, उद्योग र पर्यटनले देशको कोल्टे फेरेको धेरै उदाहरण छन् । त्यसैले व्यवसायीलाई राहत र सहुलियत सरकारले दिनु पर्ने पो हो कि !
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।