जुम्लामा स्याउ टिप्ने र बेच्ने चटारो, ७० प्रतिशत टिपेर सकियो

 भदौ २५, २०७७ बिहीबार १५:८:१५ | नेत्र शाही
unn.prixa.net

जुम्लामा स्याउ टिप्दै किसान । तस्बिर : नेत्र शाही, जुम्ला ।

जुम्ला – अहिले जुम्लाका किसानलाई स्याउ टिप्ने र निर्यात गर्ने चटारो छ । जिल्ला कृषि विकास कार्यालयले गएको भदौ १० गतेदेखि स्याउ टिप्ने अनुमति दिएपछि एक हप्तामै ७० प्रतिशत स्याउ टिपेर सकिएको छ । 

अहिले धेरैजसो किसानले स्याउ टिपिसकेका छन् । अहिले निर्यात तथा भण्डारणमा किसानहरु व्यस्त रहेको कृषि विकास कार्यालय जुम्लाका कृषि प्राविधक अधिकृत खेमराज शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार अग्लो स्थानका केही स्याउ बाहेक अन्य ठाउँको टिपी सकिएको र कोरोना प्रभावकै बीच पनि स्याउ निर्यात भइरहेको छ । 

अहिले किसानहरु आफ्नै बगैँचामा स्याउ टिप्ने चटारोमा छन् । किसानहरुले स्याउ निर्यातका लागि पालिकाबाट सिफारिस लिने गरेका छन् । 

किलोको ६० रुपैयाँमा बगैँचामै बिक्री 

पातारासी गाउँपालिकाको उर्थु गाउँका किसान मुनबहादुर महताराले पाँच सय बिरुवा फल्ने भए पनि  एक सय बिरुवामा मात्रै स्याउ फलेको बताउनुभयो ।  

उर्थु गाउँका स्याउ किसान दल महताराले यस वर्ष स्याउ नफलेकाले निकै घाटा बेहोरेको बताउनुभयो  । उहाँले तीन सय बिरुवामा २५ बिरुवा फलेका र त्यसमा पनि स्याउ कम फलेको बताउनुभयो । 

किसान महताराका अनुसार स्याउ बगैँचाबाटै किलोको ६० रुपैयाँमा बिक्री हुने गरेको छ । 

राम्रोसँग पाकेका स्याउ बजारमा   

यस वर्ष राम्ररी फलेका र परिपक्व स्याउ बजारमा गएको कृषि विज्ञहरुको भनाइ छ । स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख नवराज भण्डारीका अनुसार यस वर्ष जति सक्दो परिपक्व स्याउ

बजारमा पठाउने प्रयास गरिएको छ । उहाँका अनुसार  भदौ १० गतेदेखि मात्रै स्याउ टिप्न  सुरु गरिएकाले धेरै जसो परिपक्व स्याउ बजारमा गएको छ । 

काठमाण्डौ, चितवन र धरानमा समेत जुम्लाको केही स्याउ पुगेको र त्यहाँ स्याउको मूल्य किलोको दुई सयभन्दा बढी रहेको उहाँले जानकारी दिनुभयो । 

जुम्लामा फुजी प्रजातिको स्याउ भने अझै टिपिएको छ्रैन । फुजी स्याउ असोजको अन्तिममा टिप्न सुझाव दिइएकोसुपरजोन कार्यालयले जानकारी दिएको छ । 

यस वर्ष स्याउ उत्पादन भने घटेको छ  । स्याउको फूल फुल्ने समयमा अत्यधिक पानी आएर कालो तुसाराले फूल खाइ दिएपछि ५० प्रतिशतभन्दा बढी स्याउ उत्पादन घटेको किसानहरु बताउँछन् । एक वर्ष फल्ने र अर्को वर्ष नफल्ने स्याउका कारण पनि उत्पादन कम भएको जनाइएको छ । 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया