यू–१९ एशिया कप : नेपालले बङ्गलादेशलाई दियाे १ सय ४२ रनकाे ...
मंसिर १६, २०८१ आइतबार
नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने आवद्ध भएको क्यारेबियन प्रिमियर लिग टी –२० क्रिकेटमा सेन्ट किट्स एण्ड नेभिस पेट्रिअट्स र गुयना एमेजन वारियर्स बिहीबार भिड्दैछन् ।
यो खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुने छ । दुवै टोली जितको खोजीमा हुँदा नेपाली बलर सन्दिपले पनि आजको खेलमा मौका पाउने सम्भावना धेरै छ ।
तेस्रो अन्र्तराष्ट्रिय फ्रेन्चाईज टी–ट्वान्टीमा सहभागिता जनाइरहेका सन्दीपले अहिलेसम्म उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य सन्दिपले आईपीएल क्रिकेटमा दिल्ली डेयरडेभिल्सबाट खेलेका थिए ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका उनी विश्व ११ को टिममा परेर भने क्यारेबियन प्रिमियर लिगमा पनि सहभागिता जनाउने मौका पाएका हुन् । त्यस्तै उनले क्यानडामा टी–टेन प्रतियोगिता पनि खेलेका थिए ।
यता बुधबारदेखि सुरु भएको क्यारेबियन प्रिमियर लिग टी –२० क्रिकेटमा ट्रिनबागाे नाइटराइडर्ससले विजयी शुरुवात गरेको छ ।
पोर्ट अफ स्पेनमा ट्रिनबागाेले सेन्ट लुसिया स्टार्सलाई १०० रनले पराजित गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको नाइटराइडर्सले निर्धारित ओभरमा ६ विकेट गुमाएर १९५ रन बनाएको थियो ।
उसका लागि काेलिन मुन्रोले सर्वाधिक ६८ रन बनाए । ४८ बल खेलेका मुन्रोले ९ चौका तथा १ छक्का प्रहार गरेका थिए । यसैगरी दिनेश रामदीन ५० रनमा नटआउट रहे । २७ बल खेलेका रामदीनले २ चौका र ४ छक्का प्रहार गरे ।
सेन्ट लुसियाका मिचेल म्याकलेनाघन, केसिर्क वीलियम र कायरन पोलार्डले समान दुई दुई विकेट लिए ।
१९६ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको सेन्ट लुसिया १७.३ ओभरमा अल आउट हुँदै ९५ रनमा समेटियो । लुसियाका लागि आन्द्रे फ्लेचरले सर्वाधिक १९ रन बनाएका थिए ।
९५ रनमा रोक्ने क्रममा त्रिनबागोका लागि ड्वायेन ब्राभो र फवाड अहमदले तीन तीन विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।