एनपीएल : विराटनगरले दियो जनकपुरलाई १ सय २८ रनको लक्ष्य
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ – युट्युबलगायत सामाजिक सञ्जालमार्फत विदेशबाट नेपाल आउने रकम बैंक तथा वित्तीय संस्थाबाटै ल्याउन सकिने भएको छ ।
अहिले सामाजिक सञ्जालमार्फत विदेशी रकम आर्जन गर्नेहरुले बैंक तथा वित्तीय संस्थाको बाटो नभइ अन्य तरिकाले पनि रकम नेपाल भित्र्याइरहेका थिए ।
तर नेपाल राष्ट्र बैंकले बिहीबार एक सूचनामार्फत सूचना प्रविधि सम्बद्ध दक्षता/विज्ञताको निकासी, सामाजिक सञ्जालमा सामग्रीहरु राखिएबापत प्राप्त हुने रकम तथा खुद्रास्तरको अन्तर्राष्ट्रिय व्यावसायिक÷व्यापारिक कारोबारबापत प्राप्त हुने रकम बैंक तथा वित्तीय संस्थामार्फत प्राप्त गर्न सकिने जनाएको छ ।
यसको लागि स्वदेशी बैंकको खातामा विदेशी मुद्रा आएपछि बैंक तथा वित्तीय संस्थाले सञ्चालन गरेको ग्राहकको वालेटलगायत भुक्तानीका उपकरणमा तोकिएको सीमासम्मको रकम स्वदेशी मुद्रामा रकमान्तर गर्न सकिनेछ ।
विदेशी मुद्रा आर्जन गर्ने क्रममा तोकिए बमोजिमको शुल्क, रोयल्टीलगायत आवश्यक पर्ने भएमा र भुक्तानी विदेशमा पठाउनुपर्ने भएमा राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको निर्देशनको पालना गर्नुपर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।