पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
सुर्खेत – कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीमा कोरोना भाइरसको सङ्क्रमण देखिएकाे छ । उहाँलाई कोरोना सङ्क्रमण देखिएको प्रदेश प्रमुुखको निजी सचिवालयले पुष्टि गरेको हो । सचिवालयले बिहीबार प्रेस विज्ञप्ति निकाल्दै सङ्क्रमण पुष्टि भएपछि उहाँ होम आइसोलेशनमा रहनुभएको जनाएको छ ।
कार्यालयमा रहेका कर्मचारीहरुमा कोरोना सङ्क्रमण देखिएपछि कन्ट्याक टे«सिङ गर्दा प्रदेश प्रमुखमा सङ्क्रमण देखिएको हो । उहाँको स्वास्थ्य अवस्था समान्य रहेको सचिवालयले जनाएको छ ।
कर्णाली प्रदेशमा बिहीबार एक सय पाँच जना सङ्क्रमित थपिएका छन । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार छ सय ५६ पुगेको छ । स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतका ३८, जुम्लाका २१, कालीकोटका १३, दैलेखका १० जना, सल्यानका सात जना, मुगुका दुई जना र अन्य प्रदेशका १४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै बिहीबार एक सय तीन जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । योसँगै डिस्चार्ज भएर घर फर्किनेको सङ्ख्या तीन हजार ४२ पुगेको छ । प्रदेशमा अहिलेसम्म सात जनाको सङ्क्रमणबाट ज्यान गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।