नेपालको आर्थिक वृद्धिदर शून्य दशमलव ६ प्रतिशत मात्रै : विश्व बैंक

 असोज २२, २०७७ बिहीबार १५:५२:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्व बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ (सन् २०२१) मा नेपालकाे आर्थिक वृद्धिदर शून्य दशमलव ६ प्रतिशतमा सीमित रहने जनाएको छ ।

सरकारले सात प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेकोमा विश्व बैंकले भने जम्मा शून्य दशमलव ६ प्रतिशतको मात्रै वृद्धि हुने तथ्याङ्क सार्वजनिक गरेको हो । 

‘साउथ एसिया इकोनोमिक फोकस’ रिपोर्ट सार्वजनिक गर्दै विश्व बैंकले कोरोना महामारी नियन्त्रणको लागि सरकारले गरेको लकडाउनका कारण सबैजसो क्षेत्रको आर्थिक वृद्धिदर खुम्चिने र केही क्षेत्रको वृद्धिदर नकारात्मकतातर्फ जाने बताएको छ । 

चालु वर्षमा कृषि क्षेत्रको वृद्धिदर २ दशमलव १ र सेवा क्षेत्रको वृद्धिदर १ प्रतिशतले बढे पनि औद्योगिक क्षेत्रको वृद्धिदर भने ४ दशमलव १ प्रतिशतले खुम्चने राष्ट्र बैंकको दाबी छ । 

कोरोना महामारीका कारण दक्षिण एसियाका लाखौँ नागरिक चरम गरिबीको चपेटामा पुग्ने भन्दै विश्व बैंकले औपचारिक रोजगारी नभएका र सामाजिक सुरक्षाको सुविधामा नसमेटिएका लाखौँ नागरिकको जीवन निर्वाहमा ठूलो समस्या आउने बताएको छ । 

गएको आर्थिक वर्ष २०७६/०७७ मा केन्द्रीय तथ्याङ्क विभागले २ दशमलव ३ प्रतिशतको वृद्धि हुने अनुमान गरे पनि विश्व बैंकले भने शून्य दशमलव २ प्रतिशतको मात्रै वृद्धिदर भएको दाबी गरिसकेको छ ।  

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया