पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
सुर्खेत – कर्णाली प्रदेशका किसानहरूले दुई प्रतिशत ब्याजदरमा एक करोडसम्म ऋण पाउने भएका छन् । प्रदेश सरकारले अब कृषि विकास बैँकमार्फत किसानलाई वार्षिक दुई प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरेको हो ।
व्यावसायिक कृषि तथा पशुपालन व्यवसायको प्रवर्द्धन, किसानहरूकाे रोजगारी वृद्धि र जीवनस्तर उकास्ने उद्देश्यले प्रदेश सरकारले ल्याएको ब्याज अनुदान कार्यक्रममार्फत किसानले अब दुई प्रतिशत ब्याजदरमा ऋण पाउने भएका हुन् ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि विकास बैंकसँग मङ्गलबार ब्याज अनुदान कार्यक्रम सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको छ । अहिले कृषि विकास बैंकले नौ प्रतिशतमा कृषि कर्जा प्रवाह गरेको छ । त्यसमा प्रदेश सरकारले सात प्रतिशत अनुदान दिने र किसान आफैले दुई प्रतिशत तिर्नुपर्ने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले जानकारी दिनुभयो । यो ऋण किसानले पाँच वर्षसम्मका लागि पाउने छन् । उहाँले मन्त्रालयले ब्याज अनुदान कार्यक्रमका लागि चालु आर्थिक वर्षमा सात करोड रुपैयाँ बजेट व्यवस्था गरेको बताउनुभयो ।
कर्णाली प्रदेशमा रहेका क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाहरुमार्फत किसानहरूले ऋण पाउने भनिएको थियो । तर अरु बैंकले सम्झौता नगरेपछि कृषि विकास बैंकसँग सम्झौता गरिएको केसीको भनाइ छ । उहाँले बैंकमा धितो राख्न नसक्ने किसानहरूका लागि सरकार नै जमानी बसिदिएर ऋण उपलब्ध गराउन पनि सकिने बताउनुभयो । साना किसानहरूलाई समेट्ने गरी सहुलियत कर्जा प्रवाहका लागि कानुन बनाउँदै गरेको जानकारी दिदैँ सहकारीमार्फत प्रवाह गर्ने गरी छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।
यस्तै कार्यक्रममा कृषि विकास बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदीले बढीभन्दा बढी किसानलाई समेट्ने गरी कार्यक्रमलाई प्रभावकारी बनाइने बताउनुभयो । उहाँले सम्झौताअनुसार बैंकले कर्जा प्रवाह गर्ने जानकारी दिनुभयो । उहाँले कर्णाली प्रदेशमा रहेका १८ वटा शाखामार्फत सरकारले दिएको ब्याज अनुदानमा ऋण लिन सकिने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।