नेपालमा भेटिए छेपारोका ३ नयाँ प्रजाति
फागुन २५, २०८१ आइतबार
काठमाण्डाै - महान्यायाधिवक्ता अग्निप्रसाद खरेल र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ७७ वटै जिल्लाका सरकारी वकील कार्यालयका प्रमुख तथा प्रहरी प्रमुखलाई आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिनु भएको छ ।
महान्यायाधिवक्ता खरेलले महान्यायाधिवक्ताको कार्यालय सिंहदरबार र प्रहरी महानिरीक्षक थापाले प्रहरी प्रधान कार्यालय, कमाण्ड सेन्टरबाट अनलाइनमार्फत यस्तो निर्देशन दिनु भएको हो । महान्यायाधिवक्ता खरेलले पछिल्लो समयमा गम्भीर प्रकृतिका फौजदारी कसुरमा पनि स्थानीयस्तरमा मेलमिलाप हुने र अपराधलाई लुकाउने जस्ता कार्य रोक्न र गैरकानुनी कार्यमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन आग्रह गर्नुभएको छ ।
उहाँले त्यस्ता क्रियाकलाप भएमा कानुनी प्रक्रियामा ल्याएर कानुन कार्यान्वयनको प्रभावकारिताको सन्देश दिन र विद्यालय तथा सामुदायिक संस्थाका प्रतिनिधिसँग समेत सहकार्य गरी साझा प्रयासमा जुट्न निर्देशन दिनुभयो । अहिलेसम्म गरिएका भौतिक सुधार र मानव संशाधनको विकासले प्रहरी तथा सरकारी वकिलको व्यावसायिकता सम्पादनमा प्रष्ट देखिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
महान्यायाधिवक्ताको कार्यालयले घोषणा गरेको अभियोजन सुधार वर्षले सार्थकता प्राप्त गर्नेछ भन्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । त्यस अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अपराध अनुसन्धानको अहिलेको तथ्याङ्कीय अवस्थासहित वस्तुस्थितिको विश्लेषण गर्दै प्रहरी र सरकारी वकिलले आपसी समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
न्यायका लागि आउने व्यक्तिसँग सभ्य व्यवहार गर्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, 'दुवै निकायको संयुक्त प्रयासबाट नै नागरिकले न्याय पाउँछन्, प्रमाणमुखी अनुसन्धानमा जोड दिनुपर्छ ।' उहाँले अपराध अनुसन्धानलाई प्रभावकारी बनाउनका लागि कार्यालयको आवश्यक सहयोग रहने प्रतिवद्धता जनाउनुभयो ।
महान्यायाधिवक्ताको कार्यालयले गरेको कार्यक्रममा नायब महान्यायाधिवक्ता, प्रहरी अतिरिक्त महानिरीक्षक, सह-न्यायाधिवक्ता, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतको सहभागिता थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।