नेपालमा भेटिए छेपारोका ३ नयाँ प्रजाति
फागुन २५, २०८१ आइतबार
काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीभित्र उत्पन्न सङ्कट र त्यसका समाधानको कार्यसूची नै बनाएर छलफल गर्ने निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले पार्टीभित्र देखिएका समस्या र त्यसका लागि आवश्यक समाधानका उपायबारे कार्यसूची बनाएर थप छलफल गर्ने निर्णय गरेको हो । शुक्रबारकाे बैठकमा दुई अध्यक्षले एकअर्कालाई लेखेको पत्र सचिवालय सदस्यहरूलाई वितरण गरिएको छ ।
दुवै अध्यक्षले लेखेको पत्र र त्यसमा उल्लेख भएका विषयवस्तुमा थप अध्ययन गरेर धारणा बनाउन अध्ययनका लागि सचिवालय सदस्यहरूलाई पत्र बाँडिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै सचिवालय सदस्यहरूलाई कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको सङ्कट समाधानका लागि तयार पार्नुभएको प्रस्ताव र स्थायी कमिटी बैठकपछि जारी गरिएको अन्तर्पार्टी निर्देशिका पनि दिइएको छ ।
शुक्रबारकाे बैठकमा पार्टी र सरकार सामु रहेका ऐतिहासिक जिम्मेवारी पूरा गर्नुपर्ने कामहरूबारे पनि छलफल भएको प्रवक्ता श्रेष्ठको भनाइ छ । यस्तै नेकपाभित्र कुनै विदेशी शक्तिको हस्तक्षेपका कारण समस्या उत्पन्न भएको नभइ आन्तरिक कारण नै भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
४० मिनेट बसेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नौ जना सचिवालय सदस्यहरू नै सहभागी भएका थिए । अर्को सचिवालय बैठक आउँदो मङ्सिर ३ गते दिउँसो १ बजे बस्ने निर्णय पनि बैठकले गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।