खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - विश्वमा एकैदिन अहिलेसम्मकै धेरै ६ लाख २८ हजारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख २८ हजार १ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले यो संख्या अहिलेसम्मकै धेरै भएको जनाएको छ । यसअघि ५ लाख ७९ हजार २ सय ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना भाइरसको सङ्क्रमणबाट विश्वमा १३ लाखभन्दा धेरैको ज्यान गएको छ । चीनको वुहानबाट गएकाे वर्ष डिसेम्बरमा सुरु भएको कोरोना भाइरसबाट अहिलेसम्म १३ लाख ८ हजार बढीले ज्यान गुमाएका छन् ।
कोरोना भाइरसबाट विश्वभर गरी ५ करोड ३७ लाख व्यक्ति सङ्क्रमित भइसकेका छन् । तीमध्ये ३ करोड ७५ लाख कोरोना मुक्त भएका वल्ड्रोमिटरकाे तथ्याङ्क छ । अमेरिका कोरोनाबाट सबैभन्दा बढी प्रभावित देश हो । अमेरिकामा १ करोड १० लाखभन्दा धेरै व्यक्ति सङ्क्रमित भएका छन् ।
सङ्क्रमितमध्ये २ लाख ४९ हजारको ज्यान गएको छ । अमेरिकामा पछिल्लो तथ्याङ्कअनुसार ६७ लाख ८८ हजार व्यक्ति कोरोना भाइरसबाट मुक्त भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।