अमेरिकाको जर्जिया राज्यमा पनि बाइडेनको जित

 कात्तिक २९, २०७७ शनिबार १२:३७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकाको जर्जिया राज्यमा पनि डेमोक्रेटिक उम्मेदवार जो बाइडेन विजयी हुनुभएको छ ।

जर्जियामा हातैले फेरि मतगणना गरिएको थियो । योसँगै सन् १९९२ पछि जर्जिया राज्यमा जित्ने उहाँ नै पहिलो डेमोक्रेटिक उम्मेदवार बन्नुभएको छ । १६ इलेक्टोरल मत रहेको जर्जियामा विजयी भएसँगै बाइडेनले राष्ट्रपति चुनावमा उहाँका प्रतिष्पर्धी डोनाल्ड ट्रम्पमाथि फराकिलो अग्रता बनाउनुभएको छ ।

अमेरिकाका सबै ५० राज्यको मतगणना सकिँदा बाइडेनले ३ सय ६ इलेक्टोरल मत सुरक्षित गर्नुभएको छ । यस्तै डोनाल्ड ट्रम्पले २ सय ३२ मत पाउनुभएको छ । अमेरिकी राष्ट्रपति चुनावमा  ५ सय ३८ मध्ये २ सय ७० इलेक्टोरल मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित भएको मानिने छ ।

डोनाल्ड ट्रम्पले भने चुनाव धाँधली भएको आरोप लगाउँदै एरिजोना, जर्जियासहित धेरै राज्यमा उजुरी दर्ता गराउनुभएको छ ।

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया