नयाँ करदाताको सङ्ख्यामा ठूलो गिरावट, व्यक्तिगत प्यान लिने ७३ प्रतिशतले घटे

 कात्तिक २९, २०७७ शनिबार १८:५१:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नयाँ करदाताको सङ्ख्यामा ठूलो गिरावट आएको छ । अर्थ मन्त्रालयका अनुसार गएको आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा यो वर्षको पहिलो तीन महिनामा थपिने करदाताको सङ्ख्यामा निकै कमी आएको छ ।

व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) लिनेको सङ्ख्या ३८ दशमलव ५ प्रतिशत र व्यक्तिगत प्यान लिनेको सङ्ख्या ७२ दशमलव ७ प्रतिशतले घटेको छ । पोहोर साउन, भदौ र असोजमा ९८ हजार सात सय व्यावसायिक प्यानका करदाता थपिएकोमा यो वर्षको तीन महिनामा ६० हजार सात सय मात्रै थपिएका छन् ।

यस्तै पोहोर तीन महिनामा ६ लाख १५ हजार आठ सय व्यक्तिगत प्यानका करदाता थपिएकोमा यो वर्षको तीन महिनामा जम्मा एक लाख ३३ हजार थपिएका छन् । यस्तै गएको आर्थिक वर्षको पहिलो तीन महिनामा सात लाख १५ हजार करदाता भ्याटमा दर्ता भएकोमा यो वर्ष ५१ दशमलव ४ प्रतिशतले घटेर जम्मा एक लाख ९५ हजार मात्रै दर्ता भएका छन् ।

अन्तःशुल्कमा दर्ता हुने नयाँ करदाताको सङ्ख्या ५६ दशमलव ३ प्रतिशतले घटेको छ । नेपालमा अहिलेसम्म १४ लाख १९ हजार व्यावसायिक प्यान, २१ लाख सात हजार व्यक्तिगत प्यान, ३५ लाख ३३ हजार भ्याट र  एक लाख अन्तःशुल्कका करदाता रहेका छन् ।  

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया