नेपालले बङ्गलादेशसँग दाेस्राे मैत्रीपूर्ण फुटबल खेल्दै, नेपाललाई जित्नै पर्ने दबाब

 मंसिर २, २०७७ मंगलबार ८:८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल र बङ्गलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल मङ्गलबार हुँदैछ । यी दुईबीचकाे खेल बेलुकी पौने ५ बजे बङ्गबन्धु रङ्गशाला ढाकामा हुनेछ ।

मुजिब बर्सो फिफा इन्टरनेशनल सिरिज अन्तर्गत कात्तिक २८ गते भएको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग २–० गोलले पराजित भएको थियो । मङ्गलबारकाे खेल भने कुनै पनि हालतमा जित्ने लक्ष्य राखेको प्रशिक्षक बालगोपाल महर्जनले बताएका छन् ।

पाँच वर्षपछि पहिलो पटक बङ्गलादेशसँग पराजित भएको नेपालले याे खेलमा कम्तीमा २–० गोल अन्तरले जित निकाल्न सकेमा ट्रफीको छिनोफानो पेनाल्टी शूटआउटबाट तय हुनेछ । उपाधिको लागि याे खेल जित्नैपर्ने दबाबमा रहेको भन्दै नेपाली टिमका मुख्य प्रशिक्षक महर्जनले पनि पहिलो खेलमा भएको कमी कमजोरी सच्याएर बङ्गलादेशसँगको खेलका लागि टिम तयार रहेको बताएका छन् ।

अभ्यासका लागि पर्याप्त समय नपाएको र नयाँ खेलाडी हुनुले पनि बङ्गलादेशसँगको पहिलो खेल हारेको भन्दै महर्जनले दोस्रो खेलमा नेपालले सुधारिएको प्रदर्शन गर्ने बताएका छन् । 

तस्बिर : एन्फा

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया