ईपीएलमा लिभरपुललाई १६ अङ्ककाे अग्रता
फागुन २५, २०८१ आइतबार
काठमाण्डौ – नेपाल पत्रकार महासङ्घले छठ पर्व लगत्तै दोस्रो चरणको आन्दोलन गर्ने भएको छ । कोरोना महामारीको बहानामा अन्यायपूर्वक निष्कासन गरिएका पत्रकारको स–सम्मान पुनर्बहाली गर्नुपर्ने, यसबीचको तलब–भत्ता उपलब्ध गराउनुपर्ने, दशैँ खर्चलगायत विगतमा दिँदै आएका सेवा–सुविधासहित बक्यौता चुक्ता गर्नुपर्ने लगायत माग गर्दै महासङ्घले आन्दोलन गर्न लागेको हो ।
यस्तै महासङ्घले नियमित पारिश्रमिक उपलब्ध गराउन, घटाइएको पारिश्रमिक बढाएर पूर्ण बनाउन तथा श्रमजीवी पत्रकार ऐन तथा नियमावली अनुसारका सेवा–सुविधा उपलब्ध गराउन पनि माग गरेको छ ।
महासङ्घमा भएको पत्रकारिता सम्बद्ध सङ्गठनका प्रतिनिधिहरूसँगको छलफलमा अध्यक्ष गोविन्द आचार्यले श्रमजीवी पत्रकारको समस्यालाई वार्ता र संवादबाट समाधन नभएका कारण आन्दोलन गर्नुपरेको बताउनुभयो ।
छलफलका क्रममा सङ्गठनका प्रतिनिधिहरूले सम्बद्ध सञ्चार गृहका सञ्चालकको घर घेराउ गर्नुपर्ने र सञ्चार गृहमा तालाबन्दीदेखि श्रमजीवी पत्रकार ऐन तथा नियमावली कार्यान्वयनका लागि सरकारी निकायलाई दबाब दिनुपर्ने सुझाव दिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।