अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
भक्तपुर – मध्यपुर थिमि बस्ने निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरी भिडियो टिकटकमा अपलोड गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले बिहीबार भक्तपुर नगरपालिका ५ टौमढीबाट उनीहरूलाई पक्राउ गरेको परिसरकी प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिनुभयो ।
निकिशामाथि भक्तपुर नगरपालिका १ दूधपाटीमा बुधबार दुर्व्यवहार गरी सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गरेपछि यसको चर्को विरोध भएको थियो । त्यस लगत्तै नेपाल प्रहरीको केन्द्रीय कार्यालयले साइबर ब्युरोलाई छानबिन र अनुसन्धान गर्न पत्राचार गरेपछि भक्तपुर प्रहरीले पक्राउ गरेको बताइएको छ ।
सार्वजनिक भएको भिडिओमा मोटरसाइकलमा सवार व्यक्तिले निकिशालाई अपमानजनक शब्द प्रयोग गरी दुर्व्यवहार गरेको र आफूलाई दुर्व्यवहार गरेपछि श्रेष्ठले ती मानिसलाई लखेटेको देखिन्छ ।
प्रहरीले बिहीबार टौमढीका १७ वर्षीय विशेष जोशी, दूधपाटीका १७ वर्षीय रितश लाखे र १८ वर्षीय साखिल भन्ने रोहित खत्रीलाई तौमढीमा रहेकाे आफन्तको घरबाट पक्राउ गरेको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो ।
प्रहरीको अनुसन्धानमा खत्रीले अपशब्द बोल्दै भिडियो खिचेको, लाखेले मोटरसाइकल चलाएको र जोशीले भिडियो अपलोड गरेको खुलेको छ । प्रहरीको साइबर ब्युरोले समेत यसबारेमा थप अनुसन्धान गरिरहेको बताइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।