नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – राष्ट्रिय क्रिकेट खेलाडीको बन्द प्रशिक्षण आजदेखि सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) ले युवा ओपनर रित गौतमसहित पाँच खेलाडीलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाएको छ ।
यसअघि गएको शुक्रबार प्रशिक्षणमा बोलाइएका २२ खेलाडी मध्ये १६ जनाको पीसीआर परीक्षण गर्दा तीन जनामा कोरोना पोजेटिभ देखिएपछि क्यानले पाँच खेलाडी बोलाउने निर्णय गरेको हो । क्यानले रितसँगै अर्का युवा विकेटकिपर तथा ओपनर अनिलकुमार शाह, आक्रामक ब्याट्सम्यान कुशल भुर्तेल, युवा ब्याट्सम्यान लोकेश बम र तीब्र गतिका बलर बिक्रम शोबलाई बन्द प्रशिक्षणमा थप्ने निर्णय लिएको छ ।
यी खेलाडी यसअघि बोलाइएको बन्द प्रशिक्षणमा अटाएका थिएनन् । कप्तान ज्ञानेन्द्र मल्लसँगै उप कप्तान दीपेन्द्र सिंह ऐरी, युवा ब्याट्सम्यान रोहित कुमार पौडेल र चालक प्रदीप लामामा कोरोना संक्रमण पुष्टि भएको क्यानले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।