यू–१९ एशिया कप : नेपालले बङ्गलादेशलाई दियाे १ सय ४२ रनकाे ...
मंसिर १६, २०८१ आइतबार
भुटानमा जारी यू–१५ महिला साफ च्याम्पियनसिपमा नेपाल समूह उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरको छ ।
आज बंगलादेशसँग शून्यकाविरुद्ध ३ गोलले पराजित भएपछि नेपाल समूह उपविजेता भएको हो । अब फाइनल प्रवेशका लागि नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने छ । भारत आजै भएको पहिलो खेलमा समूह विजेता बन्दै अन्तिम चारमा पुगेको हो ।
बंगलादेशविरुद्ध पहिलो हाफको अन्तिम समयमा नेपालले गोल खाएको थियो । ४६औं मिनेटमा थोरा खातुले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । दोस्रो हाफको सुरुमै नेपालले केही राम्रो मुभ बनाए पनि गोल भने गर्न सकेन ।
बंगलादेशकी मारिया माण्डाले डिबक्स नजिकैबाट गोल गर्दै अग्रता दोब्बर पारिन् । ६७औं मिनेटमा साजिदा खातुनले टिमका लागि तेस्रो गोल गरेकी थिइन् ।
यसअघि पहिलो खेलमा नेपालले पाकिस्तान विरुद्ध ४–० को गोल गर्दै शानदार सुरुवात गरेको थियो । अघिल्लो संस्करणमा पहिलो चरणबाटै बाहिरिएको नेपालले यसपटक अन्तिम चारमा स्थान बनाएको हो ।
बंगलादेशले पहिलो खेलमा पाकिस्तानलाई १४–० ले हराएको थियो । पाकिस्तान प्रतियोगिताबाट बाहिरएको छ ।
यसैबीच, उपाधिको दावेदार मानिएका भारत समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार चाम्लिङथाङ रंगशालामा भएको समूह ‘ए’ को समूह चरणको अन्तिम खेलमा आयोजक भुटानलाई १–० ले पराजित गर्दै भारत समूह विजेताको रुपमा सेमिफाइलमा पुग्न सफल भएको हो ।
भारतसँग पराजित भए पनि आयोजक भुटान समूह उपविजेताको रुपमा अन्तिम चारमा पुग्न सफल भयो । प्रतिस्पर्धात्मक बनेको खेलमा भारतकी कप्तान सिल्की देवीले ५७ औं मिनेटमा गरेको गोल नै भारतको जितमा निर्णायक बनेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।