‘विप्लव’ समूहको शैक्षिक हड्तालका कारण रोल्पाका शैक्षिक क्षेत्र प्रभावित

 माघ २६, २०७७ सोमबार १५:१४:३० | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – कोरोना भाइरसको महामारीका कारण लामो समयसम्म ठप्प रहेको शैक्षिक क्षेत्र फेरि विभिन्न राजनीतिक दलको आम हड्तालले प्रभावित हुन थालेको छ ।

गएको माघ २२ गते नेकपाको प्रचण्ड–नेपाल समूहले गरेको बन्दका कारण देशभरका शैक्षिक संस्था बन्द भएको एक हप्ता नपुग्दै नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले गरेको शैक्षिक हड्तालका कारण सोमवार रोल्पाका शैक्षिक क्षेत्र प्रभावित भएका छन् ।

विभिन्न राजनीतिक दलले आफ्नो स्वार्थ पूरा नहुँदा गर्ने बन्द र हड्तालले बालबालिकाको पढाइ प्रभावित भएको रुन्टिगढी गाउँपालिका–१ मा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका प्रधानाध्यापक झक्कु ओलीले गुनासो गर्नुभयो ।

‘लामो समयसम्म थला परेको शैक्षिक क्षेत्र फेरि विभिन्न बहानामा प्रभावित पार्ने काम भएको छ’, प्रधानाध्यापक ओलीले भन्नुभयो, ‘नेपाल बन्दको सधैँका लागि विकल्प खोजिनुपर्छ ।’  

अन्तिम अपडेट: मंसिर २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया