नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - टोकियो ओलम्पिकका प्रमुख योशिरो मोरी महिला अधिकारीबारे गरेको टिप्पणीका कारण जापान र विदेशमा आक्रोश व्यक्त गरिन थालेपछि राजीनामा दिने मनस्थितिमा पुग्नुभएको छ ।
उहाँले ‘महिलाहरू बैठकमा बढी बोल्छन्’ भनी गरेको अभिव्यक्तिलाई लैङ्गिक रूपमा विभेदकारी रहेको भन्दै राजनीतिक वृत्तमा आलोचनापछि राजीनामा दिने मनस्थिति बनाएका जापानी सञ्चारमाध्यममा उल्लेख गरिएको छ ।
उहाँको महिलाबारेको त्यस टिप्पणी आयोजकहरूको लागि पछिल्लो समय टाउको दुखाइकाे विषय बनेको थियो । महामारीको बावजुद जापानले यसै गृष्म ऋतुमा ओलम्पिक खेल आयोजना गर्ने योजनाबीच ओलम्पिक समितिले उहाँको अभिव्यक्तिलाई लिएर सार्वजनिक असन्तुष्टिको सामना गरिरहेको छ ।
८३ वर्षीय मोरीले आज खेल आयोजकहरूको एक बैठकमा आफ्नो राजीनामाकाे घोषणा गर्ने तयारी गरेका जापानी सञ्चारमाध्यमहरूले लेखेका छन् । उहाँको सबैभन्दा बढी सम्भावित उत्तराधिकारीका रूपमा ८४ वर्षीय सबुरो कावाबुचीलाई अघि सारिने पनि समाचारहरूमा उल्लेख छ । जापानका पूर्व प्रधानमन्त्रीसमेत रहेका मोरीले जापानी ओलम्पिक समितिका सदस्यहरूलाई आफूले गएकाे हप्ता गरेको टिप्पणीका कारण यो निर्णय लिन दबाब परेको बताइएको छ ।
उहाँले लैङ्गिक विभेद सिर्जना गर्ने अभिव्यक्तिका लागि माफी मागे पनि महिलासँग आफू धेरै बोल्न नचाहने बताएका कारण समस्या थप जटिल बनेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।