नेकपा प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै, आजै आयोग जाने सम्भावना कम

 फागुन ७, २०७७ शुक्रबार १३:८:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरमा केन्द्रीय कमिटीको बैठक बस्ने नेता लीलामणि पोखरेलले उज्यालोलाई जानकारी दिनुभयो ।

बैठकमा पार्टीको आधिकारिकता दाबी, निर्वाचन आयोगमा आफूहरुको उपस्थिति सर्वोच्च अदालतले गर्न सक्ने फैसलालगायतका बारेमा छलफल हुने नेता पोखरेलको भनाइ छ । नेकपाको प्रचण्ड-नेपाल समूहले सबै सदस्यलाई नागरिकता र पार्टीको परिचयपत्र लिएर पेरिसडाँडामा  उपस्थित हुन भनेको छ ।

बहुमत सदस्यको नागरिकता र पार्टीको परिचयपत्र बोकेर दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आज नै आयोग जाने भनिए पनि आज नै आयोग जाने सम्भावना भने कम रहेको नेकपाको प्रचण्ड-नेपाल समूहका नेताहरुले बताएका छन् ।

प्रतिनिधिसभा विघटनपछि चौथो चरणको आन्दोलनमा रहेको प्रचण्ड-नेपाल समूहले निर्वाचन आयोगमा वैधानिकताका लागि निवेदन दिएको छ । तर आयोगले यसबारे कुनै चासो नदेखाएको भन्दै प्रचण्ड-नेपाल समूह असन्तुष्ट छ । आयोगले मध्यावधि चुनावको तयारीलाई भने अघि बढाएको छ । 

गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भङ्ग गरेपछि नेकपाको प्रचण्ड-नेपाल समूह असन्तुष्ट छ । 
 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया