इन्डो–नेपाल भलिबलमा एपीएफले गलकाेटलाई हरायाे
पुस १९, २०८१ शुक्रबार
काठमाण्डाै – राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई हराएको छ ।
ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा शुक्रवार भएको खेलमा पुलिसले चौदण्डीगढी नगरपालिकालाई दश–शून्यले हराएको हो । पुलिसको जितमा निरु थापाले चार गोल गरिन् । यस्तै निर्मला विकले तीन, सुनकला राई र अमृता जैशीले एक/एक गोल गरे । पुलिसले एक गोल आत्मघाती उपहार पाएको थियो ।
यो जितसँगै पुलिस लिगको तेस्रो स्थानमा रहेको छ । पुलिसले १२ खेलमा १८ अङ्क जोडेको छ । चौदण्डीगढी लिगमा जितविहीन भयो । उसले पुछारमा रहेर लिग सकाएको छ । लिगको उपाधि एपीएफले यसअघि नै जितिसकेको छ ।
समापन समारोहअघि अहिले त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा एपीएफ र आर्मी खेल्दैछन् । अहिलेसम्म खेलेका ११ खेल जितेको एपीएफ ३३ अङ्कसहित शीर्ष स्थानमा छ । उपविजेता आर्मीको २६ अङ्क छ ।
प्रतियोगिताको विजेताले १५ लाख, दोस्रोले आठ लाख, तेस्रोले पाँच लाख र चौथो हुनेले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।