धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – सरकारको सिफारिसमा प्रदेश नम्बर २ काे प्रमुखको बर्खास्ती र नयाँ नियुक्तिको नेपाली कांग्रेसले विरोध र भत्सर्ना गरेकाे छ ।
अघिल्लो सरकारको पालामा प्रक्रियाअनुसार गरिएको नियुक्तिलाई गएकाे वर्ष बदर गरेर सरकारले स्वेच्छाचारी ढङ्गले नियुक्ति गरेको र शुक्रवार फेरि त्यही प्रवृत्ति दोहोर्याएकाे भन्दै कांग्रेसले आपत्ति जनाएकाे हाे ।
‘सरकारले एकातर्फ प्रदेश प्रमुखको गरिमा थप घटाउँदै जाने कर्म गरेको छ भने चुनाव घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्तितर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक छ’, विज्ञप्तिमा भनिएकाे छ ।
प्रतिनिधि सभा विघटनपछि कामचलाउ स्थितिमा पुगेको सरकारले यसरी बर्खास्त, नियुक्ति आदि काम गर्न नमिल्ने र नपाउने कांग्रेसले भनेकाे छ । साथै कांग्रेसले यस्ता कार्य अविलम्ब रोक्न सरकारलाई चेतावनी दिएकाे छ ।
शुक्रवार मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राैतहटका राजेश झालाई प्रदेश २ का प्रमुखमा नियुक्त गर्नुभएकाे थियाे । यसअघि राष्ट्रपतिले प्रदेश २ का प्रमुख तिलक परियारलाई पदमुक्त गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।