कोरोनाको उत्पत्तिबारे सूचना उपलब्ध गराउन चीन असफल भएको अमेरिकाको दाबी

 फागुन ८, २०७७ शनिबार १३:०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना भाइरसको उत्पत्तिबारे प्रकाश पार्न सक्ने सूचना उपलब्ध गराउन चीन असफल भइरहेको अमेरिकाले आरोप लगाएको छ ।

भाइरसको  सङ्क्रमण सुरु भएको समयमा नै अन्तर्राष्ट्रिय विज्ञहरूलाई पहुँच दिनुपर्ने भए पनि चिनले त्यसो नगरेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले बताउनुभएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ का अनुसन्धानकर्ताको एउटा टोलीले सन् २०२१ को सुरुमै चीनमा चार हप्ता लगाएर अनुसन्धान गरेको थियो । तर त्यसपछि डब्ल्यूएचओको टोलीका दुईजना विज्ञहरूले उनीहरूले खोजेका विवरणमा चीनले पूर्ण पहुँच दिन अस्वीकार गरेको बताएका थिए ।

महामारी पूर्ण स्वरूपमा देखिनुअघि नै पहिचान गर्नका लागि अझ बलियो स्वास्थ्य सुरक्षा प्रणाली आवश्यक रहेको अमेरिकी विदेशमन्त्री ब्लिङ्कनले बताउनुभएको छ ।
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया