घरमा आगलागी हुँदा डाेल्पामा वृद्धाकाे ज्यान गयाे
माघ १६, २०८१ बुधबार
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले प्रतिनिधि सभा विघटन सर्वोच्च अदालतबाट सदर हुने दाबी गर्नुभएको छ ।
नेकपा ओली समूहले विराटनगरमा गरेको आमसभामा नेता नेम्वाङले आफूहरुले सर्वोच्च अदालतको फैसला मात्रै कुरिरहेको र चाँडै चुनावका पक्षमा फैसला आउने बताउनुभयो । आउँदो ११ देखि १५ गतेसम्ममा सर्वोच्चबाट फैसला आउन सक्ने भन्दै नेता नेम्वाङले फैसला आउन १५ गते नकट्ने पनि दाबी गर्नुभयो ।
दुई तीहाई बहुमतको प्रधानमन्त्रीले काम गर्न नपाएपछि प्रतिनिधि सभा विघटन गरेको भन्दै उहाँले चुनावको विकल्प नरहेको समेत बताउनुभयो । नेता नेम्वाङले प्रतिनिधि सभा विघटन सर्वोच्चबाट सदर हुनेमा प्रधानमन्त्री समेत ढुक्क रहनुभएको र आफूलाई पनि विश्वास रहेको बताउनुभयो ।
‘प्रतिनिधि सभा पुनर्स्थापना हुँदैन भन्नेमा प्रधानमन्त्री ओली दुई सय प्रतिशत विश्वस्त हुनुहुन्छ’ उहाँले भन्नुभयो,‘ अहिले देशै चुनावमय भएको छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।