धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरको सभामा भएको नागरिकको उपस्थितिलाई चन्द्रमाले मात्रै खिच्न सक्ने बताउनुभएको छ ।
उहाँले ड्रोनले फोटो खिचेर नसक्ने भन्दै सभा कस्तो र कत्रो हुन्छ हेर्न प्रचण्ड–नेपाल समूहलाई चुनौति दिनुभयो । ‘अस्ति दुई/चार हजार मरितरी जम्मा गरेर आमसभा गरेको बेला मलाई हेर्न आउनुस् भनेर बोलाइयो’ उहाँले भन्नुभयो,‘मलाई हेर्न आउनुस् भन्नेहरुले यहाँ आएर हेर्नुस् ।’
नेकपा ओली समूहका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले प्रचण्ड तथा माधव नेपाललाई पार्टी र कम्युनिस्ट आन्दोलन सिध्याउनको लागि तल्लीन रहेको आरोप लगाउनुभएको छ । साथै उहाँले उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नीप्रसाद सापकोटाले सरकारका विरुद्ध क्रियाकलाप गर्दै हिँडेको आरोप लगाउनुभएको छ ।
प्रधानमन्त्री ओलीले तोकिएको मिति वैशाख १७ र २७ मा नै चुनाव हुने दाबी गर्नुभयो । उहाँले सूर्य चुनाव चिन्ह आफ्नै भएको र अहिलेसम्म सूर्य चिन्हमा चुनाव नै नलडेकहरुले सूर्य चिन्ह मेरो हो भन्नु ठीक नहुने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।