पर्थमा भारतको ऐतिहासिक जीत, अस्ट्रेलियालाई पहिलो टेस्टमा २ सय...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - अहिलेसम्म विश्वभरका मानिसहरुले कोरोनाविरुद्धको २० करोड डोज खोप लगाएका छन् ।
सम्बन्धित देश र स्वास्थ्य क्षेत्रमा सक्रिय निकायको आधिकारिक स्रोतका आधारमा सङ्कलन गरिएको तथ्याङ्कको आधारमा अहिलेसम्म २० करोड डोज खोपकाे प्रयोग भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
१०७ देश र क्षेत्रमा खोप अभियानलाई तीव्र पारिएको र ती देशहरुमा अहिलेसम्म २० करोड १० लाख ४२ हजार १ सय ४९ डोज खोप प्रयोगमा आएको अन्तर्राष्ट्रिय स्वास्थ्य निकायहरूले बताएका छन् ।
चीन र रुसले भने खोप प्रयोगबारे केही दिनदेखि पछिल्लो विवरण सार्वजनिक गरेका छैनन्। विश्वभर प्रयोग भएका खोपको मात्राको झण्डै ४५ प्रतिशत अमेरिका, क्यानडा, बेलायत, जर्मनी, फ्रान्स, इटली र जापानमा प्रयोग भएको छ । यी देशहरूमा विश्वको कुल जनसङ्ख्याको १० प्रतिशत जनसङ्ख्या रहेको छ ।
विश्वका कम आम्दानी भएका २९ देशमध्ये गिनी र रूवान्डामा मात्रै खोप अभियान सञ्चालन भएको देखिएको छ । अमेरिकामा सबैभन्दा धेरै पाँच करोड ९० लाख ६० हजारभन्दा धेरै डोज खोप लगाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।