च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – दिनभरको उतारचढावपछि शेयर बजार परिसूचक नेप्से २१ अङ्कले घटेको छ ।
मङ्गलबार बजार खुल्नेबित्तिकै घट्न थालेको नेप्से एक बजेको समयमा २५ सय १९ विन्दुसम्म झरेको थियो । फेरि सुधार हुँदै बजार बन्द हुने बेलासम्म नेप्से २१ दशमलव १६ अङ्कले घटेर २५ सय ८६ दशमलव ५१ विन्दुमा रोकिएको छ ।
मङ्गलबार व्यापार समूहबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । बैंकिङ समूहको शेयर झण्डै आठ अङ्कले, होटलको साढे ३१ अङ्कले, विकास बैंकको ३०, जलविद्युतको १२, फाइनान्सको सात, निर्जीवन बीमाको ५२, उत्पादनको ९६, अन्यको ५१, माइक्रो फाइनान्सको ५ र जीवन बीमा समूहको शेयर २० अङ्कले घटेको छ ।
दुई सय पाँच कम्पनीका एक करोड ७६ लाख कित्ता शेयर आठ अर्ब ५३ करोड ९७ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै निफ्राको ७३ करोड ९४ लाख रुपैयाँको शेयर किनबेच भयो । निफ्राको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
समग्र बजार घटे पनि मङ्गलबार नेपाल फाइनान्स, अपी पावर, लिवर्टी इनर्जी र हिमालयन पावरका लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरै कमाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।