‘नैतिकता छ भने ओलीले अहिले नै राजीनामा दिइहाल्नुपर्छ’

 फागुन ११, २०७७ मंगलबार १९:५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वरिष्ठ अधिवक्ता एवम् संविधानविद् डाक्टर चन्द्रकान्त  ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नै राजीनामा दिइहाल्नुपर्ने बताउनुभएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय बदर गरिदिएपछि उज्यालोसँग कुराकानी गर्दै ज्ञवालीले भन्नुभयो, ‘उहाँ आफैले मारिसकेको प्रतिनिधि सभा पुनर्स्थापना भएको छ, उहाँमा यदि नैतिकता छ भने आजैका मितिमा अहिले नै अविलम्ब राजीनामा दिनुपर्छ, उहाँले राजीनामा दिनुभएन भने उहाँमाथि गम्भीर संवैधानिक प्रश्न उठ्छ र अवहेलनाको मुद्दा पनि लाग्छ सक्छ ।’

 याे पनि पढ्नुहाेस्

'देशमा न्याय ज्यूँदै छ'

संविधानविद् चन्द्रकान्त ज्ञवालीले सर्वोच्चको फैसलापछि देशमा अझै न्याय ज्यूँदै छ भन्ने प्रमाण रहेको बताउनुभयो । उहाँले संविधानको आत्मा मार्न खोजिएकोमा अब आत्मा बाँचेको छ भन्ने सन्देश पनि अदालतले दिएको बताउनुभयो । देशमा विधिको शासन चल्नुपर्छ भन्ने पनि सन्देश प्रवाह भएको उहाँकाे भनाइ छ । 

‘कार्यकारिणीले संविधानलाई मिचेर जस्तो पनि निर्णय गर्न पाइँदैन भन्ने बलियो सन्देश फैसलाले दिएको छ, संविधान मार्ने प्रयास असफल भएको छ’, ज्ञवालीले भन्नुभयो ।   

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया