सर्वाेच्चले लाेकतन्त्रकाे रक्षा गरेकाे खबर सुन्दा राेग हराए झैँ भयाे : बाबुराम भट्टराई

 फागुन ११, २०७७ मंगलबार १९:५९:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) काे सङ्घीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरेकाे खबर सुन्दा खुसी लागेकाे बताउनुभएकाे छ । 

मङ्गलवार प्रतिनिधि सभा विघटन मुद्दामा सर्वाेच्चकाे फैसलापछि नेता भट्टराईले यसलाई सुखद संयाेग भएकाे बताउनुभएकाे हाे । उहाँले सामाजिक सञ्जाल ट्विटरमा लेख्नुभएकाे छ, ‘कस्तो सुखद संयोग !अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खँदै गर्दा मन चाहिँ देशभित्र सर्वोच्चको फैसलातिर थियो ! ’

उहाँले सर्वाेच्चले फैसला गर्दै लाेकतन्त्रकाे रक्षा गरेकाे खबर सुन्दा राेग हराए झैँ भएकाे टिप्पणी गर्नुभएकाे छ । 

‘हिन्दू मिथकको भष्मासुरलाई विष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैँ सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैँ भो !’ उहाँले ट्विटरमा लेख्नुभएकाे छ ।   

गएकाे पुस ५ गते भएको प्रतिनिधि सभा विघटनको निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए । रिटको सुनुवाइको लागि संवैधानिक इजलास गठन भएको थियो । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका थिए ।      

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया