स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि झन्डै ४ अर्ब रुपैयाँ निकासा
फागुन २०, २०८१ मंगलबार
रसुवा – रसुवामा निर्माण भइरहेको एक सय ११ मेगावट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा उपकरण जडानको काम अझै सुरु हुन सकेको छैन । २०७६ चैत ८ गतेदेखि इलेक्ट्रोमेकानिकलको काम रोकिएसँगै उपकरण जडान पनि अघि बढ्न नसकेको हो ।
विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण इलेक्ट्रोमेकानिकल निर्माणको जिम्मेवारी पाएको भोइठ हाइड्रो इण्डियाको टोली भारत गएको थियो । आयोजनामा अन्य काम निरन्तर भइरहेको भए पनि इलेक्ट्रोमेकानिकलको काम त्यसयता हुन सकेको छैन ।
निर्माणस्थलमा सामग्री आइसकेको भए पनि जनशक्ति नआउँदा काम अघि बढ्न नसकेको आयोजना प्रमुख छबि गैरेले बताउनुभयो ।
‘उपकरण जडानका लागि सामग्री आइसकेको छ’, उहाँले भन्नुभयो, ‘भारत गएका टोली फर्केको खण्डमा काम अघि बढ्छ ।’ उपकरण जडानको काम सुरु हुन सकेमा २०७९ जेठमा विद्युत् उत्पादन गर्न सकिने उहाँले बताउनुभयो ।
भोइठ हाइड्रो इण्डियाले ९ जना मात्र साइडमा राखेको र बाँकी जनशक्ति आउने चरणमा रहेको आयोजनाले जनाएको छ । २०७० माघदेखि निर्माण कार्य सुरु भएको आयोजनाको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ ।
आयोजनामा अहिले सिभिल निर्माणतर्फ बाँधस्थल, सर्ज साफ्ट र पोखरी निर्माण लगायतका काम भइरहेको छ । भूकम्प, नाकाबन्दी, कोरोना महामारी र बाढीपहिरोले गर्दा आयोजनाको काममा ढिलाइ हुन पुगेको हो ।
निर्माणाधीन आयोजनाको कुल लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ रहेको छ ।
आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३३ प्रतिशत, कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताको १९ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १८ प्रतिशत, सर्वसाधारणको १५, रसुवाबासीको १०, संस्थापक शेयरधनी संस्थाका कर्मचारीको ३.५ र ऋणदाता संस्थाका कर्मचारीको एक प्रतिशत लगानी रहनेछ ।
आयोजनाबाट वार्षिक ६१३.८७ गेगावाट विद्युत् उत्पादन हुन्छ । आयोजनाले उत्पादन गर्न थालेपछि दैनिक सँवा करोड आम्दानी हुनेछ । २०७४ साउनमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोे थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।