नेकपा ओली समूहको स्थायी कमिटी बैठक सुरु

 फागुन १२, २०७७ बुधबार १२:२९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापन गर्ने फैसला सुनाएसँगै नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहको स्थायी कमिटी बैठक सुरु भएको छ ।

बालुवाटारमा भइरहेको बैठकमा नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ लगायत सहभागी छन् । बैठकले अब कसरी अगाडि बढ्ने भन्ने रणनीति बनाउने छ । ओली समूहका नेताहरुले अदालतको फैसला मान्ने बताए पनि यसले अस्थिरता  बढाउने बताउँदै आएका छन्  ।

यस्तै, आजै प्रचण्ड–नेपाल समूहले पनि बैठक बोलाएको छ । यो समूहले दिउँसो ४ बजेका लागि स्थायी कमिटी बैठक बोलाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको पुस ५ गते प्रतिनिधि सभा विघटन गरे पछि प्रचण्ड नेपाल समूहले पुन:स्थापनाको माग गर्दै विरोधका कार्यक्रम गर्दै  आएको थियो ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुन:स्थापनाको पक्षमा फैसला सुनाए पछि आज यो समूहले विजय जुलुस निकालेको छ । 
 

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया