धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओली समूहका रहेका नेताहरूलाई मूल पार्टीमा फर्कन आग्रह गरेको छ ।
बुधवार बसेको स्थायी कमिटीको बैठकले आफूहरू नै पार्टी भएको र यसैमा आबद्ध भएर कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक गणतन्त्रको रक्षामा सहभागी हुन ओली पक्षमा रहेका नेताहरुलाई आग्रह गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
अहिलेकै अवस्थामा फेरि ओलीसँग एकता नहुने पनि बैठकले निष्कर्ष निकालेको छ । ओलीले आफूले गरेका गल्तीको सार्वजनिक रूपमा माफी मागेर आत्मालोचना गर्नुपर्ने र गुटबाट माथि उठ्ने बलियो प्रतिबद्धता जनाएमा मात्रै एकताको कुरा सुरु हुन सक्नेमा पनि स्थायी कमिटीका सदस्य एकमत रहेको श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम चाल्ने प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा तत्काल राजीनामा दिनुपर्ने र त्यसो नभए संविधान अनुसार अगाडि बढ्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीले केपी ओलीले तत्कालै नैतिकताको आधारमा राजीनामा दिनुपर्थ्यने भनेर भनिसकेको छ । अहिलेसम्म उहाँले दिनुभएको छैन । त्यसो नभएको अवस्थामा पनि अदालतकै फैसलाअनुसार छिट्टै प्रतिनिधि सभाको बैठक बस्दैछ र प्रतिनिधि सभाको बैठकबाट संविधानअनुसार नै अरु प्रक्रिया अगाडि बढ्ने छ ।’
बैठकले सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक कदमको संज्ञा दिँदै लोकतन्त्र र संविधानको रक्षा तथा प्रतिगामी षडयन्त्रलाई असफल पारेकोमा धन्यवाद पनि दिएको छ ।
प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठक पनि बुधवार नै बस्दैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।