धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव समूहलाई स्वार्थबाट लपेटिएका मान्छेहरू भनी टिप्पणी गर्नुभएको छ । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालजस्ता मान्छेहरूलाई सानो–सानो विषयले ठूलै असर गर्ने भएकाले हिजो चितवनमा ‘मुह मिठा’ गर्नुभएको भनी प्रधानमन्त्री ओलीले टिप्पणी गर्नुभएको छ ।
सर्वोच्चको फैसलापछि बुधवार दिउँसो पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएका प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसलालाई आफूले सामान्य रूपमा लिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मैले प्रधानमन्त्रीमा रहुञ्जेल राम्रो काम गर्छु तर हिजोको अदालतको फैसलाले बरबाद पारेको होइन । यो सामान्य कुरा हो । मेरा केही भाइहरूले लड्डु खुवाइ–खुवाइ गरे रे, लड्डु खाएछन् । खुसी भएर, जित्यौँ भनेर । के जिते मलाई थाहा छैन । के पाउँछन्, अब हेर्नुछ ।’
प्रधानमन्त्री ओलीले जित भयो भनेर लड्डु खानेहरूले भोलि–पर्सिदेखि राजीनामा माग्नेसमेत बताउनुभयो । तर आफूलाई त्यतातर्फ कुनै चिन्ता नभएको ओलीकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘मेरो विचारमा भोलि–पर्सिदेखि फेरि राजीनामा माग्नुहुन्छ कि जस्तो लाग्छ । राजीनामा देऊ, राजीनामा देऊ भनेर । यतापट्टि चिन्ता गर्नुपर्दैन । को मान्छे कतिखेर हट्याटक भएर मर्न सक्छ, ब्रेन ह्यामरेज भएर मर्न सक्छ, गाडी ठोक्किएर मर्न सक्छ, जलेर मर्न सक्छ, जिन्दगीको कुनै ठेगान छैन । जबसम्म बाँचिन्छ तबसम्म राम्रो काम गर्ने हो । मरेपछि मान्छे न बेइमान हुन सक्छ न इमानदार हुन सक्छ ।’
प्रधानमन्त्री ओलीले आफूले राम्रो काम गरेको दाबीसमेत गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।