नेपालमा चरा प्रजातिको सङ्ख्या ८ सय ९८ पुग्यो
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौ - नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मानजनक ढङ्गबाट हटाउन प्रस्ताव गर्नुभएको छ ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुग्नुभएका उपाध्यक्ष गौतमले अध्यक्ष प्रचण्डसँग ओलीलाई सम्मानजनक ढङ्गबाट हटाएर नयाँ प्रधानमन्त्री नेकपाभित्रबाटै चयन गर्नुपर्ने प्रस्ताव गर्नुभएको हो ।
अध्यक्ष प्रचण्ड र उपाध्यक्ष गौतमबीच प्रचण्ड निवास खुमलटारमा झण्डै एक घण्टा कुराकानी भएको थियो । अपमान महशुस नहुने गरी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन सकियो भने मात्रै नेकपा एकताबद्ध भएर अघि बढ्न सक्ने उपाध्यक्ष गौतमले बताउनुभएको र त्यसमा अध्यक्ष प्रचण्ड पनि सकारात्मक देखिनुभएको गौतमको सचिवालयले जनाएको छ ।
जवाफमा प्रचण्डले आफू जहिले पनि पार्टी एकताकै पक्षमा रहेको र पार्टी विभाजित पनि नरहेको तर अहिलेकै अवस्थामा केपी शर्मा ओलीसँग सहकार्य हुन नसक्ने प्रतिक्रिया दिनुभएको थियो । प्रतिनिधिसभा विघटनको घोषणा भएको पुस ५ गतेदेखि नेकपा दुई समूहमा विभाजित भए पनि उपाध्यक्ष गौतम कुनै पनि समूहमा देखिनुभएको थिएन । कुनै पनि समूहमा नलागेर उहाँले नेकपा एकता अभियान नै घोषणा गर्नुभएको थियो ।
यसअघि उपाध्यक्ष गौतमले विज्ञप्ति निकालेर तत्काल सचिवालय बैठक बोलाउन पार्टीका दुवै अध्यक्षसँग आग्रह गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।