च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डौ – के तपाईं मलेसियामा हुनुहुन्छ ? कुनै समस्या समस्या परेको छ ? यदि छ भने अब अनलाइनबाटै दूतावासमा आफ्नो समस्या र गुनासो टिपाउनुहोस् ।
अब श्रमिकले आफ्ना समस्या दूतावासको वेबसाइटबाटै राख्न मिल्ने व्यवस्था गरिएको छ । गुनासो या आफ्नो समस्या राख्न दूतावासको वेबसाइट https://my.nepalembassy.gov.np मा जाने र त्यहाँ ‘श्रमिक जानकारी’मा क्लिक गर्ने । त्यहाँ क्लिक गरेपछि श्रमिक गुनासो भन्ने फाइलमा गइ गुनासो राख्न सकिने दूतावासले जनाएको छ ।
यसरी गुनासो गर्न निकै सजिलो छ । श्रमिकले आफ्नो नाम र पासपोर्ट नम्बर, आफ्नो सम्पर्क नम्बर, रोजगारदाताको परिचय लगायत सामान्य जानकारी राखिसकेपछि आफ्नो समस्या राखेर पेश गर्न सकिन्छ । यति गरेपछि दूतावासले तपाईंका समस्या समाधानको लागि तपाईंसँग सम्पर्क गर्नेछ । त्यसैले सम्पर्क नम्बर वा इमेल आईडी सही राख्नुपर्ने हुन्छ ।
यस्तै इमेल आईडी labor.eonkl@mofa.gov.np र eonkualalumpur@mofa.gov.np मार्फत पनि आफ्ना गुनासा राख्न सकिने दूतावासले जनाएको छ । योबाहेक दूतावासकाे फोन नम्बर ०३-२०२०१८९८ र ०३-२०२०१८९९ र ०३-२०२०१९०१ र हटलाइन नम्बर ०१६ २४७२७७७ मा फान गरेर पनि आफ्ना गुनासा टिपाउन सकिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।