धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – पूर्व उद्योग मन्त्री एवम् नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सुधार नदेखिएको अस्पतालले बताएको छ ।
शुक्रवार दिउँसो पत्रकारहरूसँग कुरा गर्दै नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका डाक्टर राजीव झाले जोशीको भेन्टिलेटरमा उपचार भइराखेको बताउनुभयो । जोशीलाई मस्तिष्कघात भएपछि शुक्रवार बिहान थापाथलीकाे नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका लागि लगिएको थियो । स्वास्थ्य अवस्था स्थिर देखिए पनि सुधार हुने सम्भावना भने कायमै रहेको चिकित्सक झाले बताउनुभयो ।
टाउकोको सीटी स्क्यान गर्दा दिमागमा रगत र पानी जमेको पाइएको पनि डा. झाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आँखाको नानी फुलेको देखियो । दुवैतिर कसैको आँखाको नानी फुलेको छ भने त्यो 'अलमोस्ट डेथ' मान्छेहरूमा त्यस्तो देखिन्छ । एकातिर त्यस्तो देखिनु भनेको आधा दिमागले राम्रोसित काम नगरेको जस्तो देखिसक्यो भनेपछि पक्कै पनि रगत बग्ने भइरहेको छ भनेर तुरुन्तै सीटी स्क्यान गर्याैँ । सीटी स्क्यान गर्दा जुन रगत थियो, दिमागको बीच भागमा एउटा सानो तलाउ जस्तो हुन्छ, त्यहाँ पानी बन्छ, त्यो ठाउँमा गएर पानी निस्कने बाटो बन्द गरेर टाउकोमा पानी पनि जम्दै राखेको देखेँ ।
टाउकोमा जमेको पानी निकाल्न एक्स्टर्नल भेन्ट्रिकुलर ड्रेन (ईभीडी) राखिएको र एक सय ३० एमएल जति पानी निकालिएको पनि डा. झाले बताउनुभयो । त्यसपछि रक्तचाप कम भएकाले रक्तचाप बढाउने औषधि दिइएको पनि उहाँले बताउनुभयो । यस्तो अवस्था जटिल हुने पनि डा. झाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो एकदमै जटिल अवस्था हो । विश्वमा हेर्ने हो भने यस्तो किसिमको मान्छेहरूमा एक सय प्रतिशतमा ६०/७० प्रतिशतको मृत्यु हुन्छ । अहिले कसरी हुन्छ बचाउनेतिर हामी लागिरहेका छौँ । जो ३० प्रतिशत जति बाँच्नुहुन्छ, उहाँहरूमा ठूलो प्यारालाइसिस रहने सम्भावना लामो समयसम्म रहन्छ ।’
नर्भिक अस्पतालमा आइपुग्दा जोशी कोमाको अवस्थामा रहनुभएको र वान्ता भइ फोक्सोमा असर भएकाले सास फेर्न गाह्रो भइराखेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।