'ग्लोबल आईएमई एआई/एमएल ह्याकाथन' आयोजना हुने
फागुन २०, २०८१ मंगलबार
काठमाण्डाै – कृषि तथा पशुपक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानलाई मलको अभाव हुन नदिने बताउनुभएको छ । शुक्रवार कृषिसम्बन्धी समाचार सङ्कलन गर्ने पत्रकारहरूसँग कृषि मन्त्रालयमा छलफल गर्दै मन्त्री अर्यालले रासायनिक मलको अभावमा किसानहरू छटपटाउनु नपर्ने बताउनुभएको हो । मलको आवश्यकतालाई पूर्ति गर्न मन्त्रालयले आफ्नो क्षमता बढाएर काम गरिरहेको पनि उहाँले बताउनुभयो ।
मन्त्री अर्यालले भारतको खुला सिमानाबाट अवैध रूपमा मल भित्रिने कुरालाई बन्द गर्न नसकिने भन्दै त्यसलाई पनि प्रणालीमा ल्याउनका लागि प्रयत्न गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘तपाईँहरूलाई ढुक्कको साथ भन्छौँ अब कृषि मन्त्रालयमा रासायनिक मलको अभावमा किसानहरू छटपटाउनु पर्दैन । त्यसको आवश्यकता पूर्ति गर्ने गरी हाम्रो क्षमतालाई विकास गरेर हामी अगाडि बढ्या छौँ । खुला सिमानालाई अहिले बन्द गर्न सकिँदैन । ठ्याक्कै बन्दै गर्छौँ भनेर जान सक्दैनौँ तर सिस्टममा ल्याउनका लागि हामी प्रयत्न गर्छौँ । खुला सिमानाको कारणबाट मल भित्रिने र त्यसबाट हुने विकृति व्यवस्थित गर्नको निम्ति हाम्रो ध्यान पुग्छ र हामी गर्छौँ ।’
मन्त्री अर्यालले आफ्नो कार्यक्षेत्रभित्र नभए पनि उखु किसानको समस्या समाधान गर्न पहलकदमी लिएको बताउनुभयो । अहिलेसम्म ४३ करोड रुपैयाँ रकम भुक्तानीसमेत भइसकेको उहाँले बताउनुभयो ।
मन्त्रालयले नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयनमा ल्याएको, डिजिटल माटोको नक्सा सुरु गरेको, नेपाली कृषिमा इजरायलको प्रविधि प्रयोग गर्ने गरी नेपाल र इजरायलबीच समझदारी भएर काम सुरु गर्न लागेको तथा खाद्य भण्डार स्थापना गर्ने लगायतका कार्यक्रम सुरु गरेको उहाँले बताउनुभयो । यस्तै सात वटै प्रदेशमा रासायनिक मल भण्डार स्थापना गर्ने तयारी रहेको पनि मन्त्री अर्यालले बताउनुभयो ।
किसानलाई सूचीकृत गर्ने काम सकिएको र छिट्टै सातै प्रदेशबाट एकैचोटि शुभारम्भ गर्ने तयारी भइरहेको उहाँकाे भनाइ छ । कृषि क्षेत्रमा ठेकेदारी प्रथा रहेको भन्दै उहाँले त्यसलाई तोडेर अनुदानमा हुने बेतिथिलाई व्यवस्थित गर्नुपर्ने पनि बताउनुभयो । किसानलाई अनुदान दिने निर्देशिका ठिक ढङ्गले बनाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘किसान सूचीकृत गर्नको निम्ति तपाईँहरूलाई छिट्टै बोलाउँछौँ । हामी काम सकेर बसेका छौँ । सात वटै प्रदेशमा एकैचोटि शुभारम्भ गर्ने र किसानहरूलाई सकारात्मक सन्देश प्रवाह गर्ने । किसानका नाममा अहिले यति धेरै सुविधा अरूले लगे, मिसयुज भए भन्ने धेरै प्रश्न उठेको छ । त्यसको हल यसले गर्छ । ठेकेदारी प्रथा छ, त्यसलाई तोड्नुपर्छ । अनुदानमा बेथिति छ, त्यसलाई व्यवस्थित गर्नुपर्छ । अनुदानको निर्देशिका ठिक ढङ्गले बनाउँछौँ । अनि यति पैसा लगेबापत मलाई यति ले भन्ने जुनखालको चलन हाे, त्यसलाई तोडेरै छाड्छौँ ।’
मन्त्री अर्यालले कालीमाटी तरकारी बजारमा फोहोर व्यवस्थापन, स्टल र सवारी साधनको समस्या रहेको भन्दै त्यहाँको बेथिति अन्त्य गर्न मन्त्रालयले कार्यविधि बनाएको बताउनुभयो । प्रणालीभन्दा बाहिरबाट चलेका स्टललाई कुनै हालतमा बस्न नदिने उहाँको भनाइ छ । उहाँले आयात र निर्यात बराबरी हुनुपर्नेमा जोड दिनुभयो । आयात गर्दागर्दै पनि निर्यातमा ध्यान जानुपर्ने भन्दै उहाँले त्यसो नगरे अन्तर्राष्ट्रिय बजार सुरक्षित नहुने जिकिर गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।