पर्थमा भारतको ऐतिहासिक जीत, अस्ट्रेलियालाई पहिलो टेस्टमा २ सय...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - म्यानमारका लागि संयुक्त राष्ट्र सङ्घका राजदूत क्याेउ मोइ टन बर्खास्त हुनुभएकाे छ ।
सेनाको विरोधमा अभिव्यक्ति दिएको भन्दै त्यहाँको सरकारले राजदूत टनलाई बर्खास्त गरेको हो ।
राजदूत टनले प्रजातान्त्रिक तवरले निर्वाचित सरकारलाई सत्ता फिर्ता गर्नुपर्ने र सेनाले गलत काम गरिरहेको भनेर अभिव्यक्ति दिनुभएको थियो । चुनावमा धाँधली भएको भन्दै म्यानमारको सेनाले नेतृ आङ सान सुकीसहितका शीर्ष नेताहरुलाई हिरासतमा लिएर सैन्य शासन लागू गरेको छ ।
म्यानमारमा एक वर्षको लागि सङ्कटकालको घोषणा गरिएको छ । नेतृ सुकीसहितका नेताहरुलाई रिहाइको माग गर्दै म्यानमारमा विरोध प्रदर्शनहरु भइरहेका छन् । हिजोमात्रै त्यहाँको सरकारले दर्जनभन्दा धेरै व्यक्तिलाई पक्राउ गरेको छ भने सेनाको गोली लागेर एक महिला गम्भीर घाइते भएकी छिन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
HImal Nepal
Feb. 28, 2021, 12:56 p.m.विकशित देश वाहेकको राष्ट्र संघ हुनु पर्यो /