च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिको भारतबाट ल्याइएको इन्टरनेट सेवाको लागि प्रयोग हुने मुख्य डिभाइसहरु तोडफोड गर्ने एक जना पूर्व कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।
बाराको निजगढमा कार्यरत किरण तिमल्सिनालाई इन्टरनेट कनेक्सन गर्ने पथलैयाको नेपाल विद्युत प्राधिकरणमा राखेको डाटा सेन्टरको तारहरु निकाल्दा र अप्टिकल फाइबरलगायतका तारहरु काटिदिँदा बुधवार ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाका शाखाहरुमा सेवा अवरुद्ध भएको क्लासिक टेकले जनाएकाे छ ।
अहिले काटिएको अप्टिकल फाइबर मर्मत गरेर सेवा सञ्चालन भइसकेको क्लासिक टेक मुख्य कार्यालयका एक अधिकारीले जानकारी दिए । कम्पनीबाट काम छोडिसकेका पूर्व कर्मचारी तिमल्सिनाले क्लासिक टेकको नेशनल ब्याकबोन नै डाउन गराएका थिए । जसले गर्दा भारतबाट वीरगञ्ज हुँदै आयात गरिएको एयरटेल र सिफीको सम्पूर्ण लिङ्क डाउन भएको थियो ।
यसले मुख्यगरी बैंक तथा वित्तीय संस्थाहरुको सेवा अवरुद्ध हुनुका साथै सरकारी निकायहरुको इन्टरनेट तथा अन्य ग्राहकहरुको सेवामा असर पुगेको बताइएको छ । ग्राहकहरुलाई सेवा निरन्तर सेवा उपलब्ध गराउनुपर्ने इन्टरनेट सेवा अचानक काटिँदा र ‘पिक टाइम’ मा सेवा बन्द हुँदा क्लासिक टेकलाई समेत निकै हानी भएको कम्पनीको भनाइ छ।
कम्पनीकाअनुसार पूर्व कर्मचारी तिमल्सिनाले विद्युत प्राधिकरणको यस कार्यालयमा आफ्नो पुरानो परिचयपत्रमार्फत प्रवेश गरी कम्पनीका उपकरणहरुमा हानी नोक्सानी पुर्याएका थिए।
ती कर्मचारी अहिले इलाका प्रहरी कार्यालय सिमरा, बाराको प्रहरी हिरासतमा रहेका क्लासिक टेकले जनाएकाे छ।
अत्यावश्यक सेवा अन्तर्गत पर्ने इन्टरनेट सेवामा अवरोध गर्न कानुनले रोक लगाएको छ । यस्तोमा प्रहरीले अत्यावश्यक सेवा ऐनअनुसार कारबाही गर्न सक्ने छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।